arrow

डोलिन्द्रले साझा प्रकाशन क्यान्टिनको कति खाइदिए ?

logo
प्रकाशित २०७५ पुष २८ शनिबार
dolendra-saja-publication.jpg

काठमाडौं। साझा प्रकाशनको करौडौं रकम झ्वाम पारेको र सयौं कर्मचारी विचल्लीमा पारेको आरोप खेप्दै आएका प्रकाशनका गुमनाम महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्माले, क्यान्टिन सञ्चालकको हजारौं नतिरी हिँडेको खुलेको छ। मोटै रकम दिने प्रलोभनमा पारेर शर्माको योजनामा प्रकाशनबाट हटाइएका सय भन्दा बढी कर्मचारीले साउनमा आन्दोलन थाले।

सुरक्षाका लागि भन्दै उनले खाजा खर्च समेत दिने गरी डेढ महिना भन्दा बढी पुलिस ल्याएर राखे। तिनै प्रहरीलाई खाजा ख्वाउन उनले क्यान्टिन सञ्चालिका जमुना कार्कीलाई निर्देशन दिए, आफैंले तिर्ने गरी। गत साउन १ देखि भदौ १७ सम्म नियमित रुपमा प्रहरीले कार्कीको क्यान्टिनमा खाजा खाए। क्यान्टिनमा दैनिक ५ देखि २० जनासम्म प्रहरीले खाजा खाए। क्यान्टिनमा दैनिक फरक फरक आइटम तयार हुन्छ।

चिया, माछा मासु, भुटन च्यूरा, रक्ति, चना केराउ, दूध दही, पाउरोटी लगायतका परिकार। महाप्रबन्धक शर्माको अर्डर बमाजिम कार्कीले उनीलाई नियमित खाजा ख्वाइन्। आन्दोलन चर्किँदै गएपछि, पिडित कर्मचारीले डोलिन्द्रलाई मुल गेटमै भ्रष्ट डोलिन्द प्रवेश निषेध लेखिएको ब्यानर टाँगेर उनलाई पस्न दिएनन्। त्यही बाहाना बनाएर डोलिन्द्र कार्यालय आउन छाडेपछि, प्रहरीहरु पनि आउन छाडे।

उनीहरुले साउन १ देखि भदौ १७ सम्म खाजा खाएको रकम तिर्ने कुरै गरेनन्। हाकिम साबले भनेर खाएको हो भनेर उम्किए। डोलिन्द्र त झन् सम्पर्कमै आएनन्। उनीहरुले १७ हजार २ सय १५ रुपैयाँको खाजा खाएको बिल उनले देखाइन्। 

डोलिन्द्रले पिडित कर्मचारीको संभावित आक्रमणबाट जोगिन भन्दै खाजा खर्च खुवाएरै ल्याएका प्रहरी मात्र होइन, दिनेश नामका एकजना ठेकेदार पनि ल्याएका थिए। उनले पनि क्यान्टिनमा ९ हजार ८ सय रुपैयाँ डुबाएर गएका रहेछन्। डोलिन्द्रले नै ल्याएको ठेकेदार भएका कारण यो रकम पनि उनैले तिर्नुपर्ने कार्कीको भनाइ छ।

ठेकेदार र प्रहरीको समग्र खाजा खर्च, जो डोलिन्द्रकै कारण आएका थिए, उनीहरुले कार्कीको क्यान्टिनमा कूल २७ हजार १५ रुपैयाँ तिर्न बाँकी छ। 
महोत्तरी बर्दिबासकी जमुना कार्कीले साझा प्रकाशन केन्द्रीय कार्यालय पुलचोकमा क्यान्टिन चलाउन थालेको आठ वर्ष जस्तो भयो। यो अबधिमा कार्यालयमा हाकिम बनेर आएका थुप्र्रै अनुहार निकालेकी कार्कीले, डोलिन्द्रले आफ्नो २७ हजार नतिरी हिँडेकोमा दुखेसो पोखिन्।

उनले भनिन्, “सयौं कर्मचारीको भविष्य डुबाएका हाकिमले म जस्तो गरीबको पैसा पनि खाइदिए। यी हामिक त साह्र्रै चोट्टा रहेछन्, अरु हाकिम यस्ता थिएनन्”। 

डोलिन्द्रको अर्डरमा खाजा खुवाउँदा डुबेको रकम उठाउन कार्कीले लेखा प्रमुख अमृता ढकाललाई पनि भनिन्। ढकालले वास्ता गरिन्न्। उनले सरिता नाम गरेकी डोलेन्द्रकी पीएसँग पनि गुनासो गरिन्। तर उनले पनि सरलाई सोधुम्ला भन्दै टारिन्। यही विषयमा डोलिन्द्रसँग बुझ्न खोज्दा फोन उठाएनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ