arrow

झापा ११ फाईनलमा प्रवेश

logo
युवराज रेग्मी,
प्रकाशित २०७५ पुष २८ शनिबार
jhapa_final.jpg

पाँचथर ।  झापा ११ पाँचथरको फिदिममा जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको फाइनलमा  प्रवेश गरेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा ए डिभिजनको सरस्वती क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै झापा उपाधि नजिक पुगेको हो । फिदिमस्थित फिदिम माविको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा झापाको जितका लागि स्ट्राइकर कर्ण लिम्बुले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

दोस्रो हाफको ८ औँ मिनेटमा देवेन्द्र तामाङको क्रसमा कर्ण लिम्बुले हेड मार्फत बललाई जाली चुमाएका थिए  । दोस्रो हाफको अन्त्यतिर सरस्वतीले झापालाई दबाबमा राखेपनि गोल गर्न नसक्दा उपाधि होडबाट सरस्वती बाहिरिनु परेको थियो  । खेलको म्यान अफ दि म्याच झापाका दिलेन लोक्ताम घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

दर्शकको अत्याधिक समर्थन पाएको झापा ११  आफ्ना नियमित स्ट्राईकर कर्ण लिम्बु, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्ताम र गोलरक्षक मनोज प्रधानसहित मैदान उतृएको  थियो । सरस्वतीले भने फरवार्ड भिक्टोर सहित तीन विदेशी खेलाडीलाई मैदान उतारेको थियो । फिदिम स्पोर्टिङ क्लब र जिल्ला फुटबल संघ पाँचथरले संयुक्तरुपमा आयोजना गरेको गोल्डकपको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगितामा १० टिमले सहभागीता जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ