- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुलले शीर्ष स्थानमा अन्तर बढाएको छ । लिभरपुलले ब्राइटन एन्ड हभ आल्बियनलाई उसकै मैदानमा १–० गोल अन्तरले हरायो ।
शनिबार राति भएको खेलमा इजिप्सियन खेलाडी मोहम्मद सलाहले ५० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई जिताए ।
खेलमा लिभरपुल फितलो खेल्यो । सिजनमा सलाहको १७ औं गोल थियो ।
जितपछि लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीभन्दा ७ अंकले अग्रता बनाएको छ ।
सिटीको २१ खेलबाट ५० अंक छ र उसले एक खेल कम खेलेको छ ।
आर्सनलले भने खराव प्रदर्शन गर्यो । आर्सलन वेष्टह्यामसंग उसकै मैदानमा १–० गोल अन्तरले हार्यो ।
डेक्लान राइसले ४८ औं मिनेटमा गोल गरेका थिए ।
हारले पाँचौं स्थानको ४१ अंकमात्र भएको छ ।
अन्य खेलमा बर्नलीले फुल्हमलाई २–१ ले हरायो ।
कार्डिफ सिटी र हडर्सफिल्ड टाउनसंग गोलरहित बराबरी खेल्यो ।
क्रिस्टल प्यालेस वाट्फोर्डसंग २–१ गोल अन्तरले हार्यो ।
लेस्टर सिटी पनि घरेलु मैदानमै साउथह्याम्पटनसंग २–१ ले हार्यो ।
योर्गेन क्लोपको टिम उपाधिको दावेदार बन्दै आइरहेको छ ।