arrow

हिन्दू महिला तुलसीले अमेरिकी राष्ट्रपतिमा उम्मेदवारी दिने 

साइनो नभएको भारतमा एकाएक चर्चित

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
tulsi-gabad.jpg

काठमाडौं । अमेरिकाको अर्को वर्ष हुने राष्ट्रपतिय निर्वाचनमा एक हिन्दूवादी महिलाले चुनाव लड्ने भएकी छिन् । हवाई राज्यबाट निर्वाचित प्रतिनिधि तुलसी गबार्डले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवारीको दाबेदारी पेश गर्ने भएकी हुन् । 

मात्र ३७ वर्षीया तुलसीले चुनावमा दावेदारी दिने भएपछि एकाएक तरंग छाएको छ । २१ वर्षको उमेरमा अमेरिकामा सबभन्दा कम उमेरमा निर्वाचित प्रतिनिधि बन्ने इतिहास रचेकी तुलसीको जन्म सन् १९८१ मा अमेरिकी समोआमा भएको थियो।

राज्यका सिनेटर माइक गबार्डकी छोरी तुलसीले आफ्नो पहिलो कार्यकालमा स्वच्छ ऊर्जाको प्रवर्धन गर्दै स्वच्छ तथा सौर्य ऊर्जाका निम्ति आवश्यक उत्पादनलाई कर छुट दिने कानून बनाउने विषयलाई समर्थन गरेकी थिइन् ।

सन् २०१५ मा अमेरिकी सेनाको मेजर पदमा पुगेकी उनको वर्तमान समयमा पनि सेनासँग सम्बन्ध रहेको छ।

हिन्दू भनेपछि भारतमा एकाएक चर्चित
तुलसीले अमेरिकी राष्ट्रपति पदमा आफ्नो दाबेदारी पेश गरे लगत्तै भारतमा उनी ट्विटरमा चर्चित बनेकी छिन् । भारतसँग उनको कुनै प्रत्यक्ष नाता छैन।

तुलसी

तर हिन्दू धर्मावलम्बी भएका कारण अमेरिकामा रहेका भारतीय समुदायले उनको समर्थन गर्ने गर्छ। तुलसीको नाममा अमेरिकी संसदमा पुग्ने पहिलो हिन्दूको रेकर्ड पनि रहेको छ।

तुलसीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका खास समर्थकका रूपमा हेरिन्छ। सन् २०१४ मा प्रधानमन्त्रीमा चुनिनु अघिदेखि नै उनले मोदीको समर्थन गर्थिन् ।

हिन्दू धर्म मान्ने तुलसीले आफ्नो भारत यात्राका क्रममा प्रधानमन्त्री मोदीसँग भेटघाट गरेकी थिइन्। केही वर्ष पहिले हिन्दू रीतिरिवाजका साथ विवाह गरेकी तुलसी गबार्ड भारतीय प्रधानमन्त्री मोदीको अन्तर्राष्ट्रिय योग दिवससम्बन्धी पहलको समर्थक हुन् ।

तुलसी

यसले मोदी र अमेरिकी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बन्धमा फरक त पार्दैन होला । तर फेरि पनि राष्ट्रपति बन्ने अभिलाषा राखेका ट्रम्पको दिमागले एकपटक मोदीलाई सम्झन भने छाड्ने छैन । 

ट्रम्पको मोदीसंग खासै राम्रो सम्बन्ध छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ