arrow

पाँचवर्ष भित्र चीनको जनसङ्ख्या १ अर्ब ४२ करोड पुग्ने

logo
प्रकाशित २०७२ फागुन २२ शनिबार
China-Population-Structure-Change-Demands-Economic-Reform.jpg.jpeg
बेइजिङ । चीनको जनसङ्ख्या आगामी पाँच वर्षभित्र अर्थात् सन् २०२० को अन्त्यसम्ममा १ अर्ब ४२ करोड पुग्ने अनुमान गरिएको छ । चिनियाँ अधिकारीहरुले शनिबार सार्वजनिक गरेको तथ्याङ्कमा चीनको जनसङ्ख्या आगामी सन् २०२० को अनत्यसम्ममा १ अर्ब ४२ करोड पुग्ने देखिएको हो । शनिबार चिनियाँ अधिकारीहरुले विकासका लागि अन्य कार्यक्रमहरुका साथै आगामी पाँच वर्षका लागि चीनको जनसङ्ख्या बृद्धिको पनि आंकलन गरेका थिए । 
 
उक्त पाँचवर्षे योजनामा गरिएको अनुमानअनुसार आगामी पाँच वार्षमा यहाँको जनसङ्ख्या कम्तीमा पनि साढे चार करोड थपिने छ । सोही आधारमा आगामी पाँचवर्षमा चीनको जनसङ्ख्या त्यतिधेरै पुग्ने बताइएको हो । चीन हाल पनि विश्वकै सबैभन्दा बढी जनसङ्ख्या रहेको देश हो । सन् २०१५ को अन्त्यसम्ममा चीनको जनसङ्ख्या करिब एक अर्ब ३८ करोड रहेको बताइएको थियो । चीनको केन्द्रीय तथ्याङ्क विभागले सन् २०१५ को अन्त्यसम्मको भनी शनिबार सार्वजनिक गरेको जनसङ्ख्या प्रतिवेदनमा सो सङ्ख्या देखाइएको छ । 
 
यस प्रतिवेदनमा नै चीन सरकारले आगामी दिनमा जनसङ्ख्या नियन्त्रणको नीति अख्तियार गर्ने जनाइएको छ । सरकारले आधारभूत सेवाका रुपमा यो नीति पनि अख्तियार गर्ने भएको हो । चीन सरकारले सन् २०१६ को सुरुवातदेखि नै चीनमा दुई सन्तान नीतिलाई अनुमति दिएको थियो । यसअघि सन् १९७० को दशकदेखि चीन सरकारले त्यहाँ एक सन्तान मात्र जन्माउन पाउने अधिकार चिनियाँ नागरिकलाई दिएको थियो । 
 
चीन सरकारले यसअघि अपनाएको एक सन्तान नीतिका कारण पनि चीनमा लैंगिक असमानताको अवस्था देखिएको थियो ।  दुई मात्र सन्तान जन्माउने अनुमति पाउदा कतिपय चिनियाँ नागरिकले छोराको मात्र चाहना राख्ने कारणले गर्दा यस्तो अवस्था देखिएको जनसङ्याविद्हरुले जनाएका थिए । 
 
हाल विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देशका नागरिकमा लैंगिक औषतमा पनि त्यस्तै अवस्था देखिएकोले यसको व्यवस्थापनका लागि पनि चीन सरकारले नीति अख्तियार गर्ने जनाइएको छ । प्रजनन एवम् मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा पनि सुधार गरिने तथा यसका अतिरिक्त जनसङ्ख्याको व्यवस्थापनका नीतिहरुमा पनि संशोधन गरिने जानकारी दिइएको छ ।  चीनमा परिवार नियोजन र जन्मदर दर्ताजस्ता कार्यक्रमहरुमा परिवर्तन एवम् सुधार गरिने शनिबार प्रस्तुत गरिएको जनसङ्ख्यासम्बन्धी प्रतिवेदनमा जनाइएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ