arrow

योजना नपारेको भन्दै मन्त्रीले लगाए सचिवलाई चड्कन, सचिव प्रहरी नियन्त्रणमा

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
sachib.jpg

काठमाडौं । योजना नपारेको भन्दै प्रदेश २ का आर्थिक मालिम तथा योजना मन्त्रीले सचिवलाई चड्कन लगाएका छन् ।  मन्त्री विजय यादवले कार्यकक्षमै बोलाएर सचिव विद्यानाथ झालाई चड्कन लगाएका हुन् ।

आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले चड्कन लगाएको सचिव झाले भने  ‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’।

 कुटाई खाने सचिवलाई मन्त्रीको निर्देशनमा प्रहरीले नियन्त्रणमा लिएको छ ।  कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाईनियन्त्रणमा लिएको हो । रकमको विषयमा उनीहरु दुवैबीच विवाद भएको बताइएको छ ।  आफ्नो एनजीओलाई सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि छनोट नगरेको भन्दै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् ।

उता मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन् । कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ