arrow

मेयरमाथि चक्कु प्रहार, स्थिति गम्भीर 

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
mayor-died.jpg

काठमाडौं । एक मेयरमाथि चक्कु प्रहार हुँदा अवस्था गम्भीर बनेको छ । पोल्याण्डमा एक च्यारिटी इभेन्टको क्रममा आक्रमणकारीले स्थानीय ग्डान्स्क शहरका मेयरमाथि चक्कु प्रहार गरेका हुन् । 

An ambulance believed to be carrying Mayor of Gdansk Pawel Adamowicz on its way to the hospital

आक्रमणबाट ग्डान्स्कका मेयर ५३ वर्षे पावेल एडामोविस्ज गम्भीर घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

विगतमा पनि आपराधिक गतिविधि गरेका २७ वर्षका आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

क्रिसमस च्यारिटी अन्तर्गत ग्रेटेस्ट अर्केष्टाको फिनालेका क्रममा मेयरमाथि आक्रमण भएको हो । टेलिभिजन फुटेज हेरेरै आक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । 

People gather at the entrance of the University Clinical Center, in which the wounded Mayor of Gdansk Pawel Adamowicz is being treated



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ