arrow

ड्रोन कारबाहीमा आठको मृत्यु

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
Drone-attack.jpg.jpeg

पुल ए खुम्री, आफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको बाघलान ए मार्काजी जिल्लामा भएको मावनरहित विमान कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डरसहित आठ व्यक्तिको मृत्यु भएको छ ।

उत्तरी क्षेत्रका सेनाका प्रवक्ता अब्दुल हादी जमाल सो जानकारी दिएका छन् । बाघलान इ मार्काजी जिल्लाको कोक्चिनार क्षेत्रमा लुकेर बसेका तालिबानलक्षित सो मानवरहित विमान कारबाही गरिएको जमाल सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

सो विमान कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डर कारी आसादुल्लाहसहित आठ व्यक्तिको मृत्यु भएको जमालले बताउनु भएको छ ।

यस कारबाहीमा परी सर्वसाधारणको हताहतको भने कुन समाचार प्राप्त नभएको जमालले बताएका छन् ।सिन्हवा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ