- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपाका नेता खगराज अधिकारीले गोविन्द केसीका शतप्रतिशत माग पूरा भएको र अनशन बसेर शरिरलाई दुःख नदिन आग्रह गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता अधिकारीले गोविन्द केसीले उठाएका सबै माग पूरा भएको पनि जिकिर गरेका हुन् ।
उनले भने,‘केसीले उठाएका शतप्रतिशत मागहरु पूरा भएका छन् । हामीले उहाँको सबै माग सम्बोधन गरेका छौं । उहाँले भनेकै मर्म र भावनाअनुसार विद्येयक आएको छ।’
केसी अहिले अनशन बस्नुपर्ने कुनै कारण नभएको पनि उनले जिकिर गरे । उनले तत्काल अनशन स्थगित् गरेर वार्तामा आउनपनि केसीलाई आग्रह गरे । उनले भने,‘तपाईको भावनाविपरित विद्येयक छैन । शरिरलाई दुःख दिने काम नगर्नुहोस् ।’