arrow

वाई वाई ग्लोकल टिन हिरो इंडिया सार्वजनिक

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
Picture_1.jpg

काठमाडौँ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन ग्लोकल टिन हिरो इंडियाको शुभारंभ गरिएको छ ।  ग्लोकल प्रा. लीले सोमबारदेखि  ‘वाई वाई ग्लोकल टिन हिरो’, प्रारम्भ गरेको हो ।

सो मन्च मार्फत किशोर–किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर–किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नेछ ।
 
कार्यक्रमको शुरुवातमा काजल झाले ग्लोकल टिन हिरोको बारेमा आफ्नो मन्तव्यबाट प्रस्ट पारिन् भने विश्वदीप गुप्ताले ग्लोकल टिन हिरो इंडियाको सफलताको लागि चालिएको कामहरुको बारेमा जानकारी दिइन् ।

सो कार्यक्रममा भारतीय राजदूत मंजीव सिंह पुरी, सीजीका उपाध्यक्ष जीपी शाह , यो बाहेक पुर्व निर्णायक मण्डलका सदस्यहरु,  केआरसी फाउनडेसनको प्रतिनिधि, र भारतीय राजदुताबासको प्रतिनिधिहरुको उपस्थिती थियो ।

ग्लोकल टिन हिरो इंडियाको आवेदन जनवरी १५, २०१९ मा खुल्ने छ र २ अप्रिल २०१९ मा बन्द हुनेछ । यसको मुख्य कार्यक्रम अप्रिल २० ,२०१९ मा भारतको गुहाटीमा हुनेछ ।

 “ग्लोकल टिन हिरो” को उदेश्य किशोर किशोरीको पहिचान र सम्मान गर्नु हो जसले कुनै शुरुवात गरेको छन् वा समाजमा सकारात्मक प्रभाव पर्ने किसिमको उपलब्धी प्राप्त गरेका छन् ।  ग्लोकल टिन हिरोले एउटा राष्ट्रियमंच प्रदान गरेर किशोर किशोरीहरुलाई प्रोत्साहन गर्नुको साथ–साथै नविन सोच ल्याउन, रचनात्मक हुन र उद्धमशिल हुन उत्प्रेरित गर्छ ।


दक्षिण एशियाली किशोर किशोरीको पहिचान गर्ने पहिलो कार्यक्रम, दक्षिण एशियाली ग्लोकल टिन हिरो २०२० काठमाडौँमा आयोजना गर्ने उदेश्यले ग्लोकल प्रा. लि  प्रत्यक दक्षिण एशियाली राष्ट्रहरुमा ग्लोकल टिन हिरो आयोजना गर्दै अघि बढिरहेको छ  र यसको शुरुवात भारतबाट भएको छ ।

आजको यस कार्यक्रम ग्लोकल प्रा. लि र भारतीय राजदुतावासको संयुक्त आयोजनामा सम्पन्न भयो । ग्लोकल टिन हिरो नेपालबाट भारत प्रस्थान गरिरहेको हुनले यस मंचबाट भारतीय राजदुतावासले भारतमा स्वागत गरेका छन्  ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ