arrow

रिलायन्सले गर्यो मुद्दति निक्षेप सुरक्षा योजना सार्वजनिक

logo
प्रकाशित २०७५ माघ १ मंगलबार
Reliance_Fixed_Deposit_Protection_Plan.png

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले रिलायन्स मुद्दति निक्षेप सुरक्षा योजना ल्याएको छ । रिलायन्सले सार्वजनिक गरेको रिलायन्स मुद्दति निक्षेप सुरक्षा योजना बैंकको मुद्दति निक्षेप जस्तै भएको जनाएको छ । 

जसमा नियमित वा एकमुष्ठ बीमा शुल्क भुक्तानी, दोब्बर रक्षावरण र बीमा अवधिभर बीमाङ्कको बार्षिक ५ प्रतिशतको दरले रकम फिर्ता पाइने जस्ता सुविधाहरु रहेको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


यसको अतिरिक्त बीमा चालू रहेको अवस्थामा बीमितको मृत्यु भएमा कुल बीमाङ्क वा बीमाङ्कको दोब्बर रकम (बार्षिक भुक्तानी गरिसकेको रकम नकटाई) र बोनस एकमुष्ठ रुपमा भुक्तानी गरिने छ । 

अन्य अवस्थामा बीमा अवधिको समाप्तिमा बाँकी बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ रुपमा बीमितलाई भुक्तानी गरिने विशेषता रहेको छ । 

बीमालेखको निरन्तरता रहुन्जेलसम्म सुरक्षाको साथै वार्षिक रुपमा निश्चित रकम प्राप्त हुने हुँदा भविष्यमा आइपर्ने बित्तीय आवश्यकताहरु पूरा गर्न एक उत्तम विकल्पको रुपमा कम्पनीले यो योजना लिएर आएको छ । 

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड सिद्धार्थ बैंक लि. र अन्य प्रतिष्ठित व्यापारिक घरघरानाद्वारा प्रवद्र्धित कम्पनीहो जसले हाल ६८ वटा शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा दिदै आइरहेको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ