काठमाडौं । भारतले अर्थमन्त्रालयका ६२ कर्मचारीलाई सार्वजनिक वित्तीय व्यवस्थापनबारे प्रशिक्षण दिने भएको छ । भारत सरकारको इन्डियन टेक्निकल एण्ड इकोनोमिक कोपरेसन (आईटीईसी) कार्यक्रमअन्तर्गत उनीहरुलाई तालिम दिन लागिएको हो ।
भारतीय दूतावासका अनुसार यसअघि अर्थ मन्त्रालयले भारतलाई सो कार्यक्रममा आधारित रहेको प्रशिक्षण दिन आग्रह गरेको थियो । यो प्रशिक्षणमा विश्वव्यापी भइरहेको अनलाइन भुक्तानी प्रणाली, लेखा तथा नगद व्यवस्थापन सार्वजनिक कर्जा प्रणाली, विदेशी ऋणलगायतको लेखालगायतका विषयमा प्रशिक्षण प्रदान गरिने बताइएको छ ।
अहिले पहिलो चरणमा २० जनाले सोमबारदेखि प्रशिक्षण गरिरहेका छन् । भारतको अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाका कर्मचारीहरुलाई पनि यस्तो प्रशिक्षण दिँदै आएको छ । एजेन्सी