arrow

आजका प्रमुख विश्व घटनाहरु

logo
प्रकाशित २०७२ फागुन २२ शनिबार
kurdi.jpg.jpeg

इस्तानबुल (टर्की)। टर्कीको एक अदालतले तीन वर्षीय बालक आयलन कुर्दीलाई गैरकानुनी रुपमा हिँडाएको र समुन्द्रमा डुबाएको अभियोगमा सिरियाली दुई नागरिकलाई चार वर्ष दुई महिनाको सजाँय सुनाएको छ। टर्कीको बोड्रमास्थित उक्त अदालतले सिरियाली नागरिकद्वय मुवाफाका अलावास र असेम अल फ्राहइलाई बालक आयलनलाई समुन्द्रमा डुबाएको अभियोग लगाउँदै उक्त जेल सजाँय तोकेको थियो। 

तर उनीहरुमाथि लागेको अन्य पाँच जनाको हत्या आरोपमा भने सफाई दिएको छ । तीन वर्षीय आयलनको समुन्द्रमा डुबी मृत अवस्थाको तस्बिर गएको सेप्टेम्बरमा विभिन्न सामाजिक सञ्जालमार्फत बाहिर आएपछि यसले युरोपले शरणार्थीलाई कस्तो व्यवगहार गरेको छ भन्ने सन्दर्भमा बहस सिर्जना गरेको थियो । घटनामा आयलनकी आमा रिहाना उनका दाजु घालेवलगायत अन्य चार जना आफन्तको पनि मृत्यु भएको थियो ।   हेरौ विश्वमा आज भएका १० घटनाहरु।

 
चीन 
१. चीनका राष्ट्रपति सिजि पिङ्गको छेउवाट  राज्य परिषद प्रमुख लि केकियांग नेशनल पीपुल्स कांग्रेसको बार्षीक प्रतिवेदन पेश गरेर फर्कदै ।
२. पुर्व चीनको यन्त्री शहर नजिक रहेको लोजिको गाँउमा स्ट्रोबेरी टिप्दै एक महिला ।
 
अमेरिका
३. रिपब्लिकन पार्टीका तर्फवाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प न्यू ओर्लियन्समा आयोजित अभियान र्‍यालीलाई स्वागत गर्दै ।
४. रिपब्लिकन पार्टी टेक्ससका तर्फवाट राष्ट्रपतिका उम्मेदवार सेन टेड क्रुज मन्डेभिल्लामा समर्थकहरुलाई सम्बोधन गर्दै । 
५. युएफसी वेल्थरवेटमा कोनर एमसिग्रिगर स्याडो आफ्ना फ्यानहरुलाई बक्सीङ्ग देखाउदै ।
 
क्यानडा 
६. क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुयुडेयु, बायाँ, सेल्फिको लागि पोज दिदै।
 
पोल्याण्ड 
७.अर्जेन्टिनाका खेलाडि ल्योनार्दो मायर पोल्याण्डमा आयोजित डेभिस कप टेनिस जिते पछि खुशी हुदै ।
 
रसिया
८. भिन्टेज कार शो ।
 
फ्रान्स
९. फ्रान्समा आयोजित 'रेडि टु व्येर फेशन शो' मा मोडल क्रिस्टेन डियोर क्याटवाक गर्दै ।
 
ब्राजिल
१०. ब्राजिल राष्ट्रपति डिल्मा रोसेफ एक कार्यक्रममा जनतालाई सम्बोधन गर्दै । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ