arrow

सिडिएसको नाफा आठ करोड

logo
रासस,
प्रकाशित २०७५ माघ १ मंगलबार
cds-clearing-limited.jpg

काठमाडौं। सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आर्थिक वर्ष २०७४/७५ मा रु आठ करोड ८३ लाख ७२ हजार ९१ खुद नाफा गर्न सफल भएको छ। कम्पनीले आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश अर्थात् रु ६ करोड वितरण गर्ने प्रस्ताव गरेको छ। लिमिटेडले करयोग्य आय रु १२ करोड ५८ लाख ८५ हजारमा नियमानुसार लाग्ने कर रु तीन करोड १४ लाख ७१ हजार राजश्व भुक्तानी गरेको छ।

लिमिटेडका अनुसार आव २०७४/७५ मा चार लाख २१ हजार ५२३ नयाँ हितग्राही खाता खोलिएको छ। सो सङ्ख्या गत आवमा चार लाख ८० हजार ८७६ रहेको थियो। आव २०७४/७५ मा एक अर्ब २० करोड ८५ लाख ८२ हजार २०० कित्ता शेयर अभौतिकीकरण गरिएको छ। सो सङ्ख्या अघिल्लो आवमा एक अर्ब पाँच करोड ९४ लाख ६३ हजार २९९ रहेका छन्।

समीक्षा अवधिसम्म अभौतिकीरकण भएको धितोपत्रको सङ्ख्या चार अर्ब दुई करोड ७२ लाख ८५ हजार ५७७ पुगेको छ। सि–आश्वा प्रणालीमा आवद्ध भएका ६४ वटा बैंक तथा वित्तीय संस्थामार्फत सिआरएन नम्बर लिने लगानीकर्ताको सङ्ख्या सात लाख ६६ हजार ५४८ रहेको छ। सो सङ्ख्या समीक्षा अवधिसम्म सात लाख ७१ हजार ८८० रहेका थिए।

यस्तै ‘मेरो शेयर’ प्रयोग गर्नेको सङ्ख्या तीन लाख ९८ हजार ३८८ पुगेको छ। सि–आश्वा प्रणाली लागू भएपछि नेपालको पूँजीबजारको इतिहासमा पहिलो पटक सार्वजनिक निष्काशन बन्द भएको ३७ घण्टाभित्र शेयर बाँडफाँट गर्न सफल भएको लिमिटेडले जनाएको छ। लिमिटेडको हालै वार्षिक साधारणसभा सम्पन्न भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ