arrow

ह्यारि केन दुई महिना बाहिरै बस्नुपर्ने 

logo
प्रकाशित २०७५ माघ २ बुधबार
harry-cane1.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबल क्लब टोटनह्याम हट्सपरका खेलाडी एवं इंगल्याण्डका कप्तान ह्यारि केन कम्तीमा दुई महिना मैदान बाहिर बस्नुपर्ने भएको छ ।

चोटग्रस्त केनले कम्तीमा मार्चसम्म मैदान बाहिर बस्नु पर्ने भएको हो । गोलीगाँठोको लिगामेन्टमा रहेको चोटका कारण केन खेल्न सक्ने छैनन् । 

लिगमा म्यान्चेस्टर युनाइटेड विरुद्धको आइतबार रातिको खेलका क्रममा केन चोटग्रस्त भएका थिए । यो खेलमा युनाइटेड १–० ले विजयी भएको थियो ।

It leaves Tottenham short of options up front, with Son Heung-Min also set to miss five games

केन मार्चको पहिलो हप्ता प्रशिक्षणमा फर्किने टोटनह्यामले जनाएको छ । यो सिजन २० गोल गरेका केन क्लबका सर्वाधिक गोलकर्ताको सूचिमा अघि छन् । 

The striker tweeted a photo with the message: 'No one will be working harder to get back fit'

रसिया विश्वकपका सर्वाधिक गोलकर्ता केनले एकाएक धेरैको ध्यान तानेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ