arrow

इंगल्याण्डकी प्रधानमन्त्री मेविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता 

ब्रेक्सिटले निम्त्यायो दशा 

logo
प्रकाशित २०७५ माघ २ बुधबार
theresa-may1.jpg

काठमाडौं । युरोपियन युनियनबाट इंगल्याण्ड बाहिरिने प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री टेरिजा मे संकटमा परेकी छिन् । मेको प्रस्ताव संसदमा अस्वीकृत भएपछि विपक्षी दलले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । 

Boris Johnson (pictured among MPs voting against the deal, far left) said he did not 'rejoice' in the massive defeat suffered by Theresa May, but demanded that she ditches the Irish border backstop and takes a 'fresh approach'

प्रधानमन्त्री मे को प्रस्ताव संसदमा ठूलो बहुमतसहित अस्वीकृत भएको हो । मे को योजनाको विपक्षमा ४३२ सांसदले मत दिए । उनको योजनाको पक्षमा २०२ सांसदले मत दिएको डेलीमेलले जनाएको छ । 

SNP MP Carol Monaghan tweeted a photograph of Tory MPs - including 1922 committee chair Graham Brady - trooping through the 'no' division lobbies with Opposition politicians

इंगल्याण्डमा कुनै पनि सरकारले संसदमा पेश गरेका विधेयक वा योजनामा यो अहिलेसम्मकै ठूलो झड्का हो । ब्रेक्सिट डिलले मेलाई यति ठूलो झड्काको सामना गर्नुपर्ने नसोचेको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन् । 

प्रधानमन्त्री मे कै कन्जरभेटिभ पार्टीका ११८ सांसदले विपक्षमा मत दिएपछि मेको राजनीति नै संकटमा परेको अनुमान हुन थालेको छ । 

आउँदो मार्च २९ देखि इंगल्याण्ड युरोपियन युनियनबाट बाहिरिने सम्बन्धी योजना फ्लप भएपछि मेले अब कस्तो कदम चाल्छिन् भन्ने खुलिसकेको छैन । 

उनीमाथि संसदमा अश्विासको प्रस्ताव दर्ता भएपछि बुधबार राति संसदको सामना गर्नेछिन् । बुधबार राति नै मतदान हुने तयारी छ । प्रधानमन्त्री मेले विश्वासको मत लिन नसकेमा आम निर्वाचन हुन सक्नेछ । तर उनले विश्वासको मत लिन पुनः १५ दिने समय पाउने बताइएको छ । 

A clearly shaken Mrs May complained that while the House had clearly rejected her plan, it did not appear to have a collective view on what else should be done

इंगल्याण्ड युरोपियन युनियन इयुबाट बाहिरिने प्रस्ताव अलोकप्रिय योजना थियो । मंगलबार राति संसद बाहिर प्रतिक्षा गरेका सर्वसाधारणहरु संसदको नतिजापछि निकै खुशी देखिन्थे । 

Pro-EU protesters smile as they watch a giant television screen relay the news of Mrs May's loss on Parliament Square

Campaigners outside Parliament welcoming the news Mrs May's Brexit plan had failed when put to a vote by MPs 

 

There were noisy protests outside of Parliament last night as the moment of truth loomed for Mrs May's Brexit strategy



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ