बिद्रोही समूहद्धारा पाँच तारे होटलमा आक्रमण, कम्तिमा १५ जनाको मृत्यु
प्रकाशित २०७५ माघ २ बुधबार
836
Shares
काठमाडौं । केन्यामा एक पाँचतारे होटलमा सशस्त्र समूहले आक्रमण गरी कम्तीमा १५ जनाको ज्यान गएको छ ।
राजधानी नैरोबीको वेष्टल्याण्ड क्षेत्रमा रहेको पाँच तारे होटलको परिषरमा अन्धाधुन्ध गोली प्रहार तथा बिस्फोट भएको हो । डुसिट डी २ होटल तथा अरु कार्यालयहरु रहेको भवनमा आक्रमण भएको हो ।
बीबीसीले ६ जनाको ज्यान गएको बताए पनि रोयटर्सका कर्मचारीले कम्तीमा १५ जनाको ज्यान गएको बताएका छन् ।
बीबीसीले होटलको रेस्टुरेन्टमै कम्तिमा पाँच जनाको र एक जनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको बताएको हो ।
सोमालियाको बिद्रोही समूह अल–शबाबले आक्रमणमा आफूहरुको संलग्नता रहेको बताएको छ । रगतमा लत्तपतिएका केही मानिसलाई प्रहरीले भवनबाट बाहिर लगेको छ ।