arrow

ठाकरेले सोनु निगमको हत्या गर्न खोजेको आरोप

logo
प्रकाशित २०७५ माघ २ बुधबार
sonu-thakare-nilesh.jpg

काठमाडौं । भारतको महाराष्ट्र राज्यका मुख्यमन्त्री नारायण राणेका छोरा तथा पूर्व सांसद निलेशले शिवसेनाका सस्थापक स्वर्गीय बालासाहेब ठाकरेमाथि बलिउडका चर्चित गायक सोनु निगममाथि हत्या गर्न चाहेको आरोप लगाएका छन् । 

निलेशले शिवसेना नेता आनन्द दिघेको मृत्युमा पनि ठाकरेको हात रहेको आरोप लगाएका छन् ।

निलेशको यो आरोपप्रति ठाकरेको परिवार वा शिवसेनाका तर्फबाट कुनै पनि प्रतिक्रिया नआएको भारतीय संचारमाध्यमहरुले लेखेका छन् । 

मंगलबार रत्नागिरीमा बोल्दै निलेशले ‘पूरा मुम्बई पुलिसलाई थाहा छ सोनु निगमको हत्याको योजना रचिएको थियो । उनलाई मार्नका लागि ठाकरेले शिवसेना पठाएका थिए’ भनेका छन् । 

पछिल्लो समय शिवसेना सांसद विनायक राउतले निलेशका बाबु नारायण राणेमाथि आरोप लगाएका थिए । राउतले, ‘नारायण राणेको १० वर्षको राजनीतिक करियरमा कसले नौ जनाको हत्या गर्यो ? राणेसंग हिम्मत भए जवाफ देउन्’ भनेका थिए । 

राउतले सन् २०१४ को लोकसभा चुनावमा निलेशलाई हराएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ