अबुजा। नाइजेरियाको दमाटुरु सहरमा बुधबार भएको आत्मघाती आक्रमणमा कम्तीमा १६ व्यक्तिको मृत्यु भएको समाचार छ ।
योबे राज्यको प्रान्तीय राजराधी दमाटुरुहमा सो आक्रमण भएको सरकारद्वारा सञ्चालित समाचार संस्थाले जानकारी दिएको छ ।
यस आक्रमणमा के कति व्यक्ति घाइते भएका छन् भन्ने बारेका साथै अन्य विस्तृत विवरण भने प्राप्त भइसकेको छैन । रासस÷सिन्ह्वा