arrow

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

logo
एएफपी,
प्रकाशित २०७५ माघ २ बुधबार
death-sentence.jpg

मन्ट्रीयल। क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ। क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच कुटनीतिक विवाद चुलिएको छ।

क्यानाडाले चीनमा आफ्ना नागरिकमाथि बिना कसुर, एकपक्षीय कानुनी कारबाही गरेको आरोप लगाएको छ। चीन भ्रमण गर्नुअघि सावधानी अपनाउन पनि क्यानाडाले आफ्ना नागरिकलाई अनुरोध गरेको छ। चीनको एक अदालतले यसअघि दिइएको १५ वर्षको जेल सजायमा वृद्धि गरी गत सोमबार ३६ वर्षीय रोबर्ट लोयड सेलेन्बर्गलाई मृत्युदण्डको सजाय दिएको थियो।

गत वर्षको डिसेम्बरमा चिनीया टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वान्झाओलाई अमेरिकी अनुरोधमा क्यानाडाले पक्राउ गरेपछि दुबै देशबीचको सम्बन्धमा तिक्तता आएको छ। “हामीले क्यानाडास्थित चिनीया राजदूतसमक्ष यस बारेमा कुरा राखिसकेका छौं र हामीले क्यानाडेली नागरिकलाई माफी दिन आग्रह गरेका छौं,” क्यानाडाका विदेशमन्त्री क्रिस्टिया फ्रील्यान्डले बताए।

विदेशमन्त्री फ्रील्यान्डले क्यानाडाले मृत्युदण्डको सजाय लामो समयदेखि नदिएको पनि स्मरण गरे। “हाम्रो विश्वास छ यो अमानवीय र अनुपयुक्त हो, र कुनै पनि क्यानाडेली नागरिकका हकमा यस्तो सजाय भए हामी विरोध गर्दछौं,” उनले भने। हुवावेको विवादसँगै चीनले अरु दुईजना क्यानाडेली नागरिकलाई राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको भन्दै चीनमा पक्राउ गरिएको छ।

ह्यूमन राइट्स वाचका कार्यकारी निर्देशक केन्नेथ रथले चीनले “शरीर बन्धक राजनीति” गर्न थालेको आरोप लगाएका छन्। चीनमा हरेक वर्ष एक वा दुईजना विदेशीले मृत्युदण्डको सजाय पाउने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ