arrow

'चीनबाट धेरै मुलुकको सम्प्रभुता खतरामा'

logo
एजेन्सी
प्रकाशित २०७५ माघ २ बुधबार
china-news-@.jpg.jpeg

काठमाडौं । चीनको ‘वान बेल्ट वान रोड’ योजनाको कारण सदस्य मुलुकहरुको सम्प्रभुतामा खतरा रहेको अमेरिकाले बताएको छ । अमेरिकाले यो योजनामा उल्लेख्य लगानी गर्दै चीन उक्त मुलुकको जमिनमा सैन्य तथा रणनीतिक प्रभुत्व हासिल गर्ने दिशामा अघि बढिरहेको अमेरिकाले चतावनी दिएको हो । 

अमेरिकाले यो योजना जुन मुलुक हुँदै अगाडि बढ्छ, ती मुलुकमा नकारात्मक असर पर्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले चेतावनी दिएको हो  । 

‘चीनको बढ्दो प्रभावले अमेरिकामा असर’ शीर्षकमा लेखिएको आलेखमा अमेरिका यो योजनामा चीनको विस्तारवादी नीतिको कारण चिन्तित रहेको उल्लेख गरिएको छ । 

पछिल्लो २४ घण्टामा चीनबारे अमेरिकी रक्षा मन्त्रालयको यो दोस्रो रिपोर्ट हो । रिपोर्टमा चीनको यो योजनाको लागि गरिएको लगानी यस्तो पनि हुनेछ, जसले उसलाई सैन्य विस्तारमा सहयोग मिल्ने बताइएको छ I 

त्यसका साथै हिन्द महासागर, भूमध्य सागर र प्रशान्त महासागरमा आफ्नो नौसैन्य बढाउन सहयोग पुग्ने बताइएको छ । पेन्टागनले आफ्नो रिपोर्टमा यस्ता १७ विषयहरु उठाएको छ । 

जसमा चीनले कसरी लगानी र आयोजनाको माध्यमबाट नियमित प्रक्रियालाई प्रभावित पारेको छ भन्ने कुरा देखाइएको छ । त्यसका साथै रिपोर्टमा चीन दोस्रो मुलुकको फैसलामा विशेषधिकार हासिल गर्ने दिशामा अघि बढिरहेको उल्लेख गरिएको छ । 

यसले मुलुकमा चुनौतीपूर्ण अवस्था सिर्जना भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ