arrow

पूर्वमन्त्री पाण्डे चार करोड धरौटी बुझाएर रिहा

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
bikram-pandey.jpg

काठमाडौँ । पूर्ववनमन्त्री तथा कालिका कन्ट्रक्सनका प्रमुख विक्रम पाण्डे रिहा भएका छन् । विशेष अदालतले पाण्डेलाई भ्रष्टाचार मुद्दामा रु चार करोड धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेपछि उनी रिहा भएका हुन् ।  

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले बुधबार पाण्डेलाई सो रकम धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेको थियो ।

विशेष अदालतका रजिष्टार भीमकुमार श्रेष्ठका अनुसार पाण्डेलाई अदालतले आज हाजिर हुन भनिएअनुसार पाण्डे हाजिर भएर बहसपछि ग्लोबल बैंकको बैंक ग्यारेन्टी राखेपछि धरौटीमा रिहा भएका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मङ्सिर २१ गते पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । 

पाण्डेसहित २१ जनालाई सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो । 

सो कन्स्ट्रक्सनको प्रमुख पाण्डेसहित तत्कालीन आयोजना प्रमुख सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की र रमेश बस्नेत, मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धाँमी र प्रकाशबहादुर कार्कीविरुद्ध मुद्दा दायर गरेको थियो । 

रु दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० भ्रष्टाचार गरेको अभियोगमा आयोगले पाण्डेसँग सोहि रकम बराबर विगोसहित दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ