arrow

टेरिजा मे झिनो मतले विजयी, यसकारण सजिलो छैन अबको यात्रा 

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
theresa-may2.jpg

काठमाडौं । बेलायती प्रधानमन्त्री टेरिजा मेविरुद्ध संसदमा ल्याइएको अविश्वास प्रस्ताव असफल भएको छ । विपक्षी लेबर पार्टीले प्रधानमन्त्री मे विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो ।

बुधबार राति भएको मतदानमा ३२५ सांसदले सरकारलाई साथ दिए भने ३०६ सांसदले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

Mrs May said veteran left-winger Mr Corbyn (pictured) would push up taxes, destroy jobs and wreck the public finances

प्रधानमन्त्री मेले केवल १९ मतको अन्तरले सरकारलाई बचाउन सफल भएकी हुन् । संसदले युरोपेली संघबाट ब्रिटेन अलग हुने प्रस्तावलाई बहुमतले अस्वीकृत गरेपछि विपक्षी लेबर पार्टीले प्रधानमन्त्री मे को सरकारले संसदमा विश्वास गुमाएको भन्दै प्रस्ताव दर्ता गराएको थियो ।

In the end the PM's margin of victory of 19 in the was bigger than the government's effective majority of 13

संसदमा निकै लामो समय छलफल
बुधबार रातिको संसदमा ६ घण्टाको छलफल भएको थियो । त्यसपछि मात्र मतदान भएको थियो । त्यो घडी निकै कठिन रुपले मेले गुजारेकी थिइन् । यो छलफलमा मेले धेरै कुराको सामना गर्नुपर्यो । 

Mrs May tried to rally her divided MPs as she faced yet another battle for her political life with a confidence vote

उनले मात्र १९ मतले जितिन् । यसअघि ब्रेक्जिट प्रस्तावको विपक्षमा मतदान गरेका सत्तारुढ दलका सांसदले भने अविश्वासको प्रस्तावमा प्रधानमन्त्री मे कै पक्षमा मतदान गरेका थिए ।

के भनिन् विश्वासको मत पाएपछि मेले ? 
अविश्वास प्रस्ताव असफल भएसँगै संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री मेले युरोपेली संघ छोड्नको लागि भएको जनमत संग्रहको नतिजा पालना गराउन र जनतासँग गरेको वाचा पूरा गर्नका लागि आफुले काम गरिरहने बताएकी छिन् ।

Theresa May launched a furious attack on the Labour leader in brutal clashes at PMQs ahead of the no-confidence vote

उनले सबै राजनीतिक दलका नेताहरुसँग ब्रेक्जिटको आगामी बाटो बाहिल्याउन सहयोगका लागि अपिलसमेत गरिन् ।

सदनको पनि पर्याप्त समर्थन भएको र विचारयोग्य उपाय समाधान खोज्नुपर्ने उनको भनाइ छ । तर प्रतिपक्षी नेता जेरेमी कोर्बेनले कुनै पनि सकारात्मक बार्ता अघि प्रधानमन्त्री मे ले ब्रेक्जिटको संभावना खारेज गर्नुपर्ने बताएका छन् ।

सजिलो छैन अबको बाटो

संसदमा विश्वासको मत पाए पनि दुई वर्षभन्दा बढी समय लगाएर तयार पारेको ब्रेक्जित डिल अस्वीकृत हुनु प्रधानमन्त्री मेका लागि निकै ठूलो धक्का हो । उनले यो योजनामा मार्च २९ देखि २१ महिनाको अवधिमा बेलायत युरोपियन युनियन इयुबाट अलग हुने आधार तय गरेकी थिइन् ।

Closing the debate for the government, Environment Secretary Michael Gove roasted Mr Corbyn for his limp response to the Russian nerve agent atrocity in Salisbury

बेलायत मार्च २९ देखि इयुबाट बाहिरिँदै छ । तर ब्रेक्जिट डिल विफल भएपछि त्यसका आधारहरु के हुने भन्ने अन्यौल छ । अब प्रधानमन्त्री मे ले ब्रेक्जिटका लागि सहमतिका आधार खोज्न विशेष गरी लेबर पार्टीलाई मनाउनु पर्नेछ । 

तर विपक्षी दल मनाउन उनलाई सजिलो छैन । मंगलबार उनको नीति फ्लप भएपछि जब बुधबारसम्म उनले अविश्वासको प्रस्तावको सामना गर्नुपर्यो त्यो उनका लागि त घातक सिद्ध भयो विपक्षी दललाई समेत बलियो बनाएको छ । 

अब उनले विपक्षीका भनाइ पनि सम्वोधन गरेर अगाडि नबढ्ने हो भने यात्रा बीचमै पनि रोकिन सक्नेमा दुई मत छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ