arrow

अमेरिकाबाट बिदामा नेपाल आएर बिपन्न परिवारलाई सहयोग

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
sahayog5.jpg

पोखरा। नेपाली विद्यार्थीहरु विदेशमा अध्ययन गर्न जाँदा बिस्तारै आफ्नो देश र भुगोललाईसमेत बिर्सदै गरेको तितो यथार्थ हामी सबैसामु जगजाहेरै छ । कतिपय विद्यार्थीहरु विदेशमै सेटल हुने गरेका छन् भने कतिपय स्वदेश फिर्ता भएपनि सामाजिक कार्यमा खासै चाँसो देखाउँदैनन् । तर कास्की पोखरा लेकसाईड निवासी सबिता अधिकारीले यी सबै उदाहरणलाई ब्रेक गरेकी छन्।

बिगत ३ बर्षदेखि अमेरिकाको टेक्सास राज्यमा माईक्रोवायोलोजी बिषयमा उच्च शिक्षा लिइरहेकी पोखराकी यी २२ बर्षे चेलीले हालै नेपालमा बिदा मनाउन आएको बेला समाजिक काम गर्ने उदेश्य सहित गोरखा जिल्लामा रहेको विपन्न भुजेल परिवारलाई न्यानो कपडा बितरण गरेकी छन्। 

जाडोमा ओढ्ने ब्लयाङ्केटदेखि लिएर बालबच्चालाई जाडोमा लगाउने कपडा समेत सबिताले बितरण गरिन् । यस सामाजिक कार्यबाट गोरखा जिल्लाको बिकट क्षेत्रमा रहेको भुजेल परिवार खुशी देखिएको छ।

तपाईलाई कसरी सामाजिक कार्य गर्ने ईच्छा पलायो भनेर सोध्दा सबिता अधिकारीले भन्छिन् – म यहीं समाजमा हुर्केकी छोरी हो । आज उच्च शिक्षाको लागि विदेसिए पनि माया त नेपालकै लाग्छ नि। त्यसैले म ३ बर्षपछि नेपाल आएको बेला अझै पनि भुकम्पको पिडाबोध गरेँ । यो जाडोमा नाङ्गो जमिनमा रात बिताएका बुबा आमाहरुलाई देखेँ अनि केही सहयोग गरौँ भन्ने भावना मनमा पलायो अनि मेरै अमेरिकामा संगै बस्ने साथीहरुलाई समेत यो कुरा जानकारी गराएपछि सबैबाट अलिअलि सहयोगसमेत प्राप्त भयो। घरपरिवारबाट पनि सहयोग भयो । अनि एक दिनको समय निकालेर म साथिहरुलाई लिएर न्यानो कपडा बितरण गर्न गोरखा पुगेर आएँ। 

झण्डै ५० जनालाई न्यानो कपडा बितरण गरेर आएपछि उनले भनिन् – आज मलाई आफै पुण्य कमाए जस्तो लागेको छ। पोखरा निबासी सबिता अधिकारीले आफुले सक्दो कार्य सामाजिक क्षेत्रमा गरेकी छन् । यसरी विदेसिएका युवाहरुलाई पनि आफनो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्दछ भन्ने भावना जागृत हुन सक्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ