arrow

कमिशनको खेलले एडिबीको काम गुणस्तरहिन भएको गुनासो

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
adb.jpg

जनकपुरधाम । एसियाली विकास बैंक (एडिबी) द्वरा संचालित विकास निर्माणका कामहरु गुणस्तरहीन भइरहेको एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् ।

बुधवार जनकपुरधाममा एडिबीले संघीय, प्रादेशिक, स्थानीय सरकार र सम्बन्धित सरोकारवालाहरुसँगको छलफल तथा परामर्श कार्यक्रम गरेको हो । उक्त कार्यक्रमका सहभागीहरुले कमिशनको खेल र अनुगमनको अभावमा कामहरु गुणस्तरहीन भइरहेको गुनासो गरेका हुन् । एडिबीले ठुलो रकम विकास निर्माणमा खर्चिरहेको छ, तर उपलब्धि भने एकदमै कम देखिएको वक्ताहरुको भनाई थियो ।

सरकारले कुनै पनि विकास निर्माणको काम सुरु गर्दा कार्यस्थलमा होडिङ बोर्ड राख्नुपर्ने व्यवस्था गरिएको छ । तर एडिबी मार्फत भइरहेको विकास निर्माणको कुनै स्थलमा पनि होडिङ बोर्ड राखेको देखिदैन । जनतालाई सुशासनको प्रत्याभुमि गराउन तथा भ्रष्टाचार हुन नदिने सरकारले होडिङ बोर्ड राख्ने व्यवस्था गरेको हो । बोर्डमा काम सुरु भएको मिति, ठेक्का कम्पनीको नाम, सम्पर्क, काम सम्पन्न मिति, बजेट लगायतका विवरण होडिङ बोर्डमा उल्लेख हुनुपर्छ ।

एडिबी परियोजना अन्तर्गत भइरहेको विकास निर्माणको काम पारदर्शि गर्न पनि माग गरिको छ । विकास निर्माणको काम गर्दा अनुगमन नहुने गरेको र अनुगमन भएपनि भित्रभित्रै प्रतिवेदन तयार पार्ने काम भइरहेकोमा सहभागीहरुले आपत्ति जनाएका छन् । साथै ठेकेदारले समयमा काम नगर्ने गरेको पनि गुनासो गरिएको छ ।

यस्तै एडिबीले अगामी दिनमा कृषि, पर्यटन, शिक्षा, सडक, चुरे संरक्षण, उर्जा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि खर्च गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । कृषि र पर्यटनको क्षेत्रमा एडिबीले लगानी गर्नसकेमा प्रदेश समृद्ध बन्ने विश्वास व्यक्त गरिएको छ । सहभागीहरुले मधेसका हरेक खेतमा सिंचाई पुर्याउन सुनकोशी कमला डाइभर्सन आयोजनामा लगानी गर्न पनि एडिबीसँग माग गरेका छन् । कार्यक्रममा व्यापारी, शिक्षक, संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ