arrow

सचिव कुट्ने प्रदेश दुईका मन्त्री एनजीओ धन्दामा लागेको आरोप

logo
निरंजन साह,
प्रकाशित २०७५ माघ ३ बिहिबार
mantri-dhanda.png

जनकपुरधाम। सचिवलाई  कुट्ने प्रदेश नम्बर दुईका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव एनजीओको धन्दामा लागेको आरोप लागेको छ। उद्योग,वन, पर्यटन एवं वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाले मन्त्री यादव आफ्नो एनजीओलाई कार्यक्रम पारदिन आग्रह गरेको र आफूले नमानेपछि कुटपीट गरेको आरोप लगाएका छन।

सचिव झाले सामाजिक सञ्जालमा मन्त्री यादवले चलाउँदै आएको एनजीओको नामबारे उनले लेखेका छन्। सिरहा गोलबजार नगरपालिकामा ‘सहकार्य नेपाल’ नामक एनजीओलाई मन्त्री यादवले बजेट पारिदिन दबाब दिँदै आएका सचिव झाले बताए। उक्त एनजीओले कार्यक्रमको आशयपत्र सिरहा र सप्तरीको लागि प्रतिस्पर्धामा फारम भरेको थियो।

बजेट पारिदिए बापत सचिव झालाई उक्त संस्थामा आबद्ध व्यक्तिले फोन नै गरेर आर्थिक प्रलोभनमा पारेको रेकर्ड आफूसँग रहेको सचिव झाको  दाबी गरेका छन्। उनले भने, ‘एनजीओको नाम म घटना भएकै दिन खोल्न थाहन्थें, तर मेरो डायरी मन्त्रीज्यूले खोस्नुभएको थियो’, उनले थपे, ‘मेरो ब्याकग्राउन्ड खोतल्नेको आँखा खुलोस् भनेर प्रमाण सुरक्षित राखेको छु।’

मैथिली भाषामा गरिएको कुराकानीमा संस्थाआबद्ध व्यक्तिले सचिवलाई भनेका छन् , ‘पिसिबाला भाग हुन्छ भने मन्त्रीको मान्छे हो भने दिँदैन भनेर नसोच्नु होला।’ प्रतिक्रियामा सचिव झाले भनेका छन्, ‘मलाई एकसुको चाहिदैन, यी कुरामा मेरो रुचि छैन, यस्ता कुरा मेरा अगाडि नगर्नुहोला, तपाईंको संस्थाले ठूलै सिफारिस पाएकोले मेरो ध्यान गएको छ।’

प्रपोजल दिए पनि आफ्नो संस्था छनोटमा भने नपरेको संस्थाका अध्यक्ष विलक्षण महराले बताए। उनले भने, ‘मेरे कसैसँग कुरा भएको छैन्, हाम्रो संस्था गरिब छ, कसरी छनोटमा पर्छ, मन्त्रीज्यूसँग कुनै भेटघाट पनि भएको छैन, पहुँच र पैसाको आधारमा कार्यक्रम पर्छ। प्रदेशस्तरमा कार्यक्रम पार्न पहुँच चाहिन्छ।’

वातावरण मन्त्रालयले मंसिर दोस्रो साता लघु उद्यम कार्यक्रमको लागि एनजीओसँग आशयपत्र मागेको थियो। मंसिर २३ र २४ गते प्रदेशका आठै जिल्लामा प्रस्ताव खोलिएको थियो। ४० वटा आशयपत्र खोलिएकोमा १ सय ९३ वटाले प्रपोजल हालेका थिए। जसमध्ये मन्त्रालयको छनोटमा ४६ वटा परेको छ। जसमा मन्त्री र नेताहरूले दबाब दिएका एनजीओहरू सचिव झाको छनोटमा नपरेपछि विवाद बढेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ