arrow

मन्त्रिपरिषद्को निर्णय : पानी जहाजको कार्यालय खोल्ने, १६ कर्मचारी रहने 

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
panijahaaj.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजको कुरा गर्दा व्यङ्ग्य गर्नेहरुको लागि चुनौती दिँदै सरकारले पानी जहाज सम्बन्धी कार्यालय खोल्ने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद्ले पानी जहाजको कार्यालय खोल्न प्रक्रिया अघि बढाएको हो । मन्त्रिपरिषद्ले निर्णय गरी यसको प्रक्रिया समेत अघि बढिसकेको सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् । 

बिहीबार सूचना तथा सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले कागजको नभएर अब साँच्चैको पानी जहाज चल्ने भन्दै कार्यालय खोल्ने निर्णय समेत भईसकेको प्रतिक्रिया दिए । 

उनका अनुसार सो कार्यालयमा एक रजिष्ट्रारको नेतृत्वमा १५ कर्मचारीहरु रहने छन् । त्यसको लागि सरकारले खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी भर्ति गर्नेछ । ‘इन्जिनियरिङ सेवामा कार्यरत रजिष्ट्रारको नेतृत्वमा १५ कर्मचारी रहनेगरी कार्यालय स्थापना गर्ने निर्णय भएको छ’, मन्त्री बाँस्कोटाले भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ