arrow

भलिवल प्रतियोगितामा इण्डियन रेलवेज बिजयी

logo
सीता डोटेल,
प्रकाशित २०७५ माघ ३ बिहिबार
volleyball.jpg

पाल्पा ।  पाल्पाको रामपुरमा जारी इन्डो नेपाल भलिवल प्रतियोगिता अन्तर्गत विहिबारको खेलमा इण्डियन रेलवेजले जित हात पारेको छ ।  प्रतियोगिताको दोस्रो खेलमा इण्डियन रेलवेज र पाल्पा भलिवल संघ बिचको ३ सेटको खेलमा सोझो सेटले इण्डियन रेलवेज संघले जित हात पारेको हो ।

खेलको पहिलो सेटमा १२–२५, दोस्रो सेटमा १०–२५ र तेस्रो सेटमा २१–२५ ले खेल जितेको हो । प्रतियोगिता अन्तर्गत शुक्रबार ३ वटा खेल हुने आयोजकले जानकारी दिएको छ । पहिलो खेल चापकोट नगरपालिका स्याङ्गजा र प्रदेश नम्बर ५ नेपाल प्रहरी, दोस्र्र्रो खेल त्रिभुवन आर्मी र मणिमुकुन्द भलिवल क्लब रुपन्देही त्यस्तै तेस्रो खेल जिल्ला भलिवल संघ पाल्पा र चापाकोट नगरपालिका बीच हुने आयोजक भलिवल संघ रामपुरका अध्यक्ष कमल खाँणले जानकारी दिनुभयो । बुधबार देखि शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरि ७ टिमले भाग लिएका छन् ।

रामपुर उद्योग वाणिज्य संघको आयोजनामा पाल्पाको रामपुरमा जारी दोस्रो महोत्सवको मुख्य आकर्षण रहेको इण्डो नेपाल भलिवल प्रतियोगितामा भारतको इण्डियन रेलवेज सहित त्रिभुवन आर्मी क्लब, प्रदेश नम्बर ५ नेपाल प्रहरी, मणिमुकुन्द भलिवल क्लब रुपन्देही, जिल्ला भलिवल संघ पाल्पा, चापाकोट नगरपालिका र जिल्ला भलिवल संघ तनहुँ गरि ७ टिमले भाग लिएका हुन् । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ५० हजार, द्धितियले नगद १ लाख र तृतीयले नगद ५० हजार पुरस्कार प्राप्त गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ