arrow

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि मल्ल र भट्ट चुनावी मैदानमा

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ माघ ३ बिहिबार
pannel-udhayog.jpg

कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि  व्यवसायीद्वय सञ्जिवचन्द्र भट्ट र जंग बहादुर मल्ल चुनावी मैदानमा उत्रेका छन् ।  एकैबर्ष दुवै जना वाणिज्य संघमा प्रवेश गरेका उनीहरुविच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि व्यवसायी भट्ट र  मल्लका दुई प्यानल चुनावी मैदानमा उत्रेका छन् । संघको १६ औँ कार्यकारिणी समितिका लागि ५ माघ आउँदो शनिबार हुन लागेको निर्वाचनका लागि भट्ट र मल्ल समुहले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका थिए ।  अध्यक्ष सहित विभिन्न १५ पदका लागि ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । भने सचिवका स्वतन्त्र उम्मेदवार धर्मसिह रावलले उम्मेदवारी फिर्ता लिएर भट्ट प्यानलाई साथ दिएका छन् । संस्थागत तर्फ प्रेमसिह भाट निर्बिरोध निर्वाचित भएका छन् ।  भाट कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व कार्यकारी अधिकृत हुन् । उनले संस्थागत विकासका लागि पहल गर्ने बताएका छन् । निजी, सहकारी क्षेत्रलाई संस्थागत विकास तर्फ उन्मुख गराई युवाहरुलाई स्वरोजगारतर्फ उन्मुख गराउने उनको प्रतिबद्धता छ ।

भट्ट समुहका तर्फबाट बरिष्ठ उपाध्यक्षमा पिताम्बर जोशी, मल्लका तर्फबाट माधव प्रशाद जोशी, मल्ल समुहका तर्फबाट उद्योग उपाध्यक्षमा तेजसिह कार्की, भट्ट समुहका तर्फबाट हेमराज जोशी, भट्ट समुहका तर्फबाट वाणिज्य उपाध्यक्ष तर्फबाट मदन राज पन्त, मल्ल समुहका तर्फबाट शुरेश गुरुङ्ग, महासचिवका लागि भट्ट समुहका तर्फबाट बाबुदेव जोशी(बिनोद), मल्ल समुहका तर्फबाट खगेश्वर बोहरा, सचिवका लागि भट्ट समुहका तर्फबाट गणेश चटौत, मल्लका तर्फबाट रन्जना थापा चुनावी मैदानमा उत्रेका छन् ।

कोषाध्यक्ष पदका लागि भट्ट समुहका तर्फबाट निर्मला भट्ट(सापकोटा) र मल्ल समुहका तर्फबाट राहुल भट्ट चुनावी मैदानमा उत्रेका हुन् । यस अघि अध्यक्ष पदका लागि चर्चामा रहेका अध्यक्षका प्रत्यासी गणेश दत्त जोशीले सञ्जिवचन्द्र भट्ट प्यानलाई सर्मथन जनाएका छन् । उनी भट्टकै प्रचारमा हिडेका छन् । यस्तै सात सदस्यका लागि १६ जनाले उम्मेदवारी दिएका छन् ।  

सदस्यका लागि कृष्णदेव भट्ट, कृष्णानन्द भट्ट, गजेन्द्रराज पाण्डेय, चद्रसिह कार्की, चेतराज जोशी, विवेक राज जोशी, विशाल सोनार, भोजराज अवस्थी, महेशराज जोशी, यज्ञराज भट्ट, समरजङ्ग बहादुर चन्द, सुन्दर कुमार गौतम, सुनिल कुमार सेटी, सुरेन्द्र सिह साउदले उम्मेदवारी दिएका छन् । सदस्यका उम्मेदवार भने भट्ट र मल्ल समुहको विषयमा खुलेका छैनन् । उनले व्यक्तिगत रुपमै भोट मागिरहेका छन् ।

 दुवै समुहका अध्यक्षले संस्थागत व्यवसायिक हतहितका लागि उम्मेदवारी दिएको दावि गरेका छन् । वाणिज्य संघमा चार हजार ६६ जना कुल मतदाता रहेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघको निर्वाचनको मिति नजिकिदै जाँदा व्यवसायी नेताहरु चुनावी दौडधुपमा जुटेका छन् । समुह व्यक्तिगत रुपमा व्यवसायी नेताहरु संघका मतदाता भेट्दै हिडेका छन् । अहिले पनि जिल्लाका विभिन्न बजारहरुमा उनीहरुले पर्चा पम्पलेट, समाजिक सञ्जाल फेसबुक मार्फत मतमाग्दै हिडेका छन् । अध्यक्ष सहितका उम्मेदवारको लाखौँ खर्च हुने अनुमान गरिएको छ ।

दुवै जना १० औँ कार्य समितिका लागि सदस्यमा निर्वाचित भएका थिए । मल्लको अहिलेसम्म अपराजित यात्रा रह्यो, भने भट्टले पराजित यात्रा रहेको थियो । मल्लले २०६१ सालमा पुन कार्य समिति सदस्य, २०६३ मा सचिव, ०६५ महासचिव, २०६९ उद्योग उपाध्यक्ष र २०७२ मा बरिष्ठ उपाध्यक्षमा निर्वाचित भए । यता भट्ट २०६१ मा कोषाध्यक्ष, २०६३ मा वाणिज्य उपाध्यक्ष र अध्यक्षका लागि २०७२ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसरी दुवै सहकर्मीविच अहिले फेरी एकै पटक नेतृत्वका लागि प्रतिस्पर्धामा लडेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ