arrow

कोलम्बियामा भीषण कार विष्फोट, १० को मृत्यु, ३८ गम्भीर घाइते 

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
car-explosion.jpg

काठमाडौं । कोलम्बियाको राजधानी बोगोटामा भएको एक कार बम विष्फोट हमलामा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

बोगोटा शहरको दक्षिणी भागमा पर्ने एक प्रहरी केडेट स्कुलको अगाडि भएको विष्फोटमा ५४ जना घाइते भएका छन् । 

Security forces patrol near the site of an explossion

घाइते मध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताईएको छ । प्रत्यक्षदर्शीलाई उधृत गर्दै बीबीसीले कार तिव्र गतीमा आएर सो केडेट स्कुलको पर्खालमा ठोक्किएको थियो । कार ठोक्किएपछि आगलागी भएको थियो ।

People wait for information about their relatives at the place where a bomb car cause an explosion at the Escuela General Santander de la Policia (Santander General Police School) in Bogota, Colombia, 17 January 2019

सोही समयमा स्कुलमा एक कार्यक्रम भएको थियो । जसमा प्रहरी अधिकारीहरुलाई प्रमोसन गरिएको थियो ।

कार ठोक्काउने कार ड्राइभर ५७ वर्षीय भएको बताइएको छ । अहिलेसम्म कुनै पनि समूहले घटनाको जिम्मा लिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ