arrow

मेस्सीको गोलले बार्सिलोना क्वार्टरफाईनलमा, बाँकी ७ टिमको पनि टुङ्गो

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
barcelona_copa.jpg

काठमाडौं। स्पेनिस क्लब बार्सिलोना कोपा डेल रेको क्वार्टरपाईनल प्रवेश गरेको छ। दोस्रो लेगमा लेबान्टेलाई ३-० गोलले पराजित गर्दै कुल ४-२को जित निकाल्दै बार्सिलोना क्वार्टरफाईनल प्रवेश गरेको हो।

बार्साका लागि मेस्सीले १ गोल गरेका थिए भने ओसमान डेम्ब्लेले २ गोल गरेका थिए। खेलको ३०औं र ३१औं मिनेटमा डेम्बलेले गोल गरेका थिए भने ५४औं मिनेटमा मेस्सीले गोल गरेका थिए।

पहिलो लेगमा बार्सा लेवान्टेसँग २-१ गोलले पराजित भएको थियो।   

यसैगरि अरु सात टिमले पनि क्वार्टरपाईनलको यात्रा तय गरेका छन्। स्पान्योल,सेभिया, रियाल मड्रिड, जिरोना, भ्यालेन्सिया, गेटाफे र रियाल बेटिस उक्त टिमहरु रहेका छन्।

भ्यालेन्सियाले स्पोर्टिङ गिजोनलाई ३-०ले पराजित गर्दै कुलमा ४-२को अग्रताले आफ्नो क्वारट्रफाईनल स्थान पक्का गरेको हो। पहिलो लेगमा गिजोनसँग २-१ गोलले पराजित भ्यालेन्सियाका लागि सान्ती मिनाले २ गोल र फेरेन टोरेसले १ गोल गर्दै क्वार्टरफाईनल यात्रा निश्चित गरेका थिए।

त्यसैगरि स्पान्योलले भियारियललाई ३-१ गोलले पराजित गर्दै कुलमा ५-३को अग्रताले आफ्नो क्वार्टरपाईनलको स्थान पक्का गरेको हो।

बिहीबार बिहान भएको दोस्रो लेगमा लेगानेससँग १–० ले पराजित भए पनि रियल समग्रमा ३–१ को जित निकाल्दै अन्तिम आठमा पुगेको थियो।

अघिल्लो साता खेलिएको पहिलो लेग खेलमा निकालेको नतिजाका आधारमा रियलको क्‍वार्टरफाइनल यात्रा सम्भव भएको हो। पहिलो लेग खेलमा रियलले लेगानेसलाई ३-० गोलले हराएको थियो। सोही नतिजाका कारण रियल ३-१ कूल गोल भिन्नताका आधारमा अगाडि बढेको हो।

यसैगरी बलियो टोली एट्लेटिको म्याड्रिड भने उपाधि होडबाट बाहिरिएको छ। घरेलु मैदानमा बिहीबार बिहान खेलिएको दोस्रो लेग खेलमा एथलेटिको म्याड्रिडलाई तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी गिरोनाले ३-३ गोलको बराबरीमा रोक्यो।

अघिल्लो साता गिरोनाको मैदानमा खेलिएको पहिलो लेग खेल पनि १-१ को बराबरीमा सकिएकाले यी दुबै टोलीबीचको कूल गोल भिन्नतामा ४-४ भएको थियो। त्यसपछि अवे गोलका आधारमा एट्लेटिकोलाई स्तब्धः पार्दै गिरोना क्‍वार्टरफाइनलमा पुग्न सफल भयो।

यता सेभिल्लाले एथलेटिको विल्वाओलाई समग्रमा ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भएको छ।

घरेलु मैदानमा बिहीबार बिहान खेलिएको दोस्रो लेग खेलमा एथलेटिक बिल्बाओसँग १-० गोलले पराजित भए पनि अघिल्लो साता खेलिएको पहिलो लेग खेलको नतिजाका आधारमा सेभिया अगाडि बढेको हो। पहिलो लेग खेलमा सेभिया ३-१ गोलले विजयी भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ