arrow

चीनसँगको डरलाग्दो व्यापारघाटा, निर्यात ३० प्रतिशतले घट्दा आयात ४८ प्रतिशतले बढ्यो

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार

काठमाडौं । कम्युनिष्ट पार्टीको बहुमतको सरकार बनेको एक वर्षसम्ममा आईपुग्दा आयात र निर्यातको तथ्यांकले चीनले नेपालमा आफ्नो बजार तीब्र रुपमा विस्तार गरिरहेको तथ्यांक बाहिर आएको छ ।

भारतसँगको व्यापार आक्रामक रुपमा घटिरहेको छ भने चीनसँगको व्यापारघाटा डरलाग्दो रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले पहिलो ५ महिनाको रिपोर्टमा चीनसँगको व्यापारमा ३० प्रतिशतले गिरावट आएको तथ्यांक देखाएको छ ।

बिहीबार सार्वजनिक गरेको आर्थिक वर्षको पहिलो ५ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनमा अघिल्लो यही समयको तुलनामा निर्यात घटेको देखाएको हो । जबकी यही समयमा चीनबाट भएको आयात भने ४७ प्रतिशतले बढेको छ । 

५ महिनाको तथ्यांकलाई आधार मानेर प्रधानमन्त्री केपी ओलीले दुई साता अघि संसद्मा दिएको अभिव्यक्तिमा चीनसँगको निर्यात घटेको विषय उल्लेख भएन । भारतसँगको निर्यातमा २० प्रतिशत बढेको विषय उल्लेख गरेको ओलीले चीनसँगको घटेको व्यापारबारे उल्लेख नै गरेनन् 

यो सरकारलाई अहिले चीन मैत्री सरकारको रुपमा विश्लेषण गर्ने गरिएको छ । तर, सोही सरकारको समयमा चीनसँगको आयात आकासिएर चीनसँग निर्यात भने धरातलभन्दा पनि बाहिरिएको हो । आर्थिक वर्ष २०७५÷७६ को पाँच महिनामा कुल वस्तु निर्यात ११.२ प्रतिशतले वृद्धि भई रु.३७ अर्ब ५० करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २०.७ प्रतिशत र अन्य मुलुकतर्फ ३.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ३०.७ प्रतिशतले कमी आएको छ । 

यसरी निर्यातमा निकै कमि आएको चीनसँगको आयातमा भने डरलाग्दो रुपमा आयात बढेको छ । आर्थिक वर्ष २०७५÷७६ को पाँच महिनामा कुल वस्तु आयात ३४.२ प्रतिशतले बढेर रु.६०७ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.२ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ३१.७ प्रतिशत, चीनबाट ४७.७ प्रतिशत र अन्य मुलुकबाट ३३.७ प्रतिशतले आयात बढेको छ ।   

यो तथ्यांकलाई हेर्दा चीनसँगको व्यापार घाटा ठूलो संख्यामा देखिएको छ । अघिल्लो वर्ष भन्दा निर्यातमा ३० प्रतिशत गिरावट आउँदा आयातमा ४७ प्रतिशतको बृद्धि हुनुले चीनसँगको व्यापारघाटा आकाशिँदो अवस्थामा रहेको देखिएको छ । 

यो तथ्यांकलाई पहिलो ४ महिनाको विवरणसँग तुलना गर्दा पहिलो ४ महिनामा ४५ प्रतिशतले बढेको आयात अझै आकासिँदो स्थितीमा रहेको देखिएको छ । सो अबधिमा भारतबाट भएको आयात ३३.५ प्रतिशतले बढेको थियो ।

पहिलो ३ महिनाको तथ्यांकलाई आधार मान्दा १४ प्रतिशतले निर्यात बढेकोमा त्यसको एक महिनापछिको तथ्यांक हेर्दा निर्यात प्रतिशत ८ प्रतिशतमा सीमित भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यही तथ्यांक पाँच महिनासम्म आईपुग्दा नकारात्मक विन्दूमा त्यो पनि ३० प्रतिशतले कमि आएको हो । 

आयात तर्फ तेस्रो र चौथो महिनामा ४५ प्रतिशतले बृद्धि भएकोमा पाँचौं महिनामा साढे ४७ प्रतिशतले बृद्धि भएको छ । यसले पनि चीनसँगको व्यापार घाटा आकासिँदो अवस्थामा रहेको विश्लेषण गर्न सकिन्छ । पहिलो ३ महिनामा वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४०.८ प्रतिशत थियो भने चौथो महिनामा वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३३.५ प्रतिशतमा सीमित भएको छ । यो संख्या यस पटक ३१ प्रतिशतमा सीमित भएको छ ।  

यसरी आयात हुने सामान पनि प्रधानमन्त्री ओलीले दाबी गरे अनुसार निर्माण सामग्री भन्दा पनि पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्टस, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, अन्य उपकरण तथा पार्टपुर्जा, तरकारी, फलफूल तथा चामल लगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, सिमेन्ट, स्वास्थ्य उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ