arrow

भारतले अन्तराष्ट्रिय सीमा क्षेत्रमा स्याटेलाईटबाट सुरक्षा निगरानी गर्ने

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
Satellite_FHM56J1.jpg

काठमाडौं । भारतले आफ्नो सीमानाको रेखदेखको लागि अब स्याटेलाईट प्रविधिको प्रयोग गर्ने भएको छ । यसको सम्भाव्यता अध्ययनको लागि गठन भएको एउटा टास्क फोर्सले यसको तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना सहितको प्रतिवेदन बुझाएपछि भारतीय गृहमन्त्रालयले यस्तो जानकारी दिएको हो । सीमाको सुरक्षा सबै देशको सर्वाेच्चतासँग जोडिएको विषय हो । भारतले पनि आफ्नो सीमामा विभिन्न देशमा घुसपेठ र आतंकवादी हमलाहरु हुने देखेर छिमेकीदेशको सीमामा सुरक्षा अभियानलाई प्रविधिमैत्री बनाउन लागेको हो । 

बिहीबारको एक सरकारी बयानमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले पाकिस्तान, बांग्लादेश, चीन, नेपाल जस्ता मुलुकसँग सीमा जोडिएको क्षेत्रमा निगरानी गर्नको लागि गृह मन्त्रालयको साथमा एक विशेष स्याटेलाईट लन्च गर्ने तयारी भईरहेको स्पष्ट पारिएको छ । यो कदम सीमा प्रबन्धनलाई सुधार्नको लागि स्पेस टेक्नोलोजीको प्रयोग गर्न एक टास्क फोर्सले दिएको सुझावको आधारमा गरिएको भारतीय अधिकारीहरुले जनाएका छन् । गृहमन्त्री राजनाथ सिंहले यसको लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाको रुपमा समयबद्ध गरेर ५ वर्षमा यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन स्वीकृति दिईसकेका छन् । 

गृह मन्त्रालयको एक बयानका अनुसार, ुटास्क फोर्सले दिएको प्रमुख सुझाव सीमाको सुरक्षामा तैनाथ फोर्सहरुको क्षमता बढाउने विषयमा बढी केन्द्रीत रहेको छ । जसमा सुरक्षा, गतिविधिको योजना, सीमाको पूर्वाधार विकासका लागिसमेत प्रविधिको प्रयोग गर्न भनिएको छ । सो सुझावमा भनिएको छ कि ुनिश्चित समयको लागि तैनाथ गरिएको सुरक्षाबलको सञ्चार सुविधाको लागि उच्च क्षमताको उपकरणहरु खरीद गर्नुपर्छ ।ु यो सीमा सुरक्षाको लागि तत्काल गर्नुपर्ने काम भनिएको छ । 

मध्यकालमा यसको लागि संगठनले एक स्याटेलाईट लन्च गर्नेछ । दीर्घकालीन योजना अनुरुप सीमामा पूर्वाधारको विकास गरेपछि सम्बन्धित एजेन्सीहरुले स्याटेलाईटबाटै सबै सीमाको निगरानी गर्नसक्ने र स्याटेलाईट मार्फत् नै जानकारी दिनसक्ने प्रविधिको विकास गरिने बताईएको छ । बयानमा भनिए अनुसार यसरी स्टाटेलाईटबाट मिलेको तस्वीरलाई एक ठाउँमा केन्द्रीकृत गर्नको लागि एउटा अभिलेखालयको समेत स्थापना गरिनेछ । 

गृह मन्त्रालयका अनुसार सुदूर इलाकामा तैनाथ गरिएका केन्द्रीय सशस्त्र प्रहरी बलबाट पनि स्याटेलाईटमा जानकारी दिन सक्नेछन् । भारतीय क्षेत्रीय स्याटेलाईट सिस्टमबाट धेरै ऊँचाई, सुदूर तथा जटिल बोर्डरहरुमा र नक्सल प्रभावित इलाकाको समेत जानकारी मिल्नेछ । भारत सरकारले यस अघि नै सीमा सुरक्षा बलको जमिनमा पूर्वाधार विकासको लागि समेत लीड एजेन्सी स्थापना गरिएको छ । 

भारतको सीमा पाकिस्तान, चीन, बांग्लादेश, नेपाल, भूटान तथा म्यान्मारसँग जोडिएको छ । यो प्रोजेक्टले द्विपक्षीय सीमा सुरक्षा मजबूत हुने दाबी भारतीय गृहमन्त्रालयको छ । टास्क फोर्सको गठन सीमा प्रबन्धनलाई सुधार गर्न र यसमा प्रविधिको प्रयोगबारे अध्ययनको लागि गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ