arrow

प्रदेश दुईको राजधानी र नाम सुझाव संकलनमा युवाहरूको विरोध

logo
निरंजन साह,
प्रकाशित २०७५ माघ ४ शुक्रबार
yuba-birod.jpg

जनकपुरधाम।  प्रदेश नम्बर दुईको राजधानी, प्रदेशको नाम सुझाव संकलन कार्यक्रममा युवाहरूले विरोध जनाएका छन् । जनकपुरधाममा  शुक्रबार बिहानको समयमा  थालिएको सो  कार्य्रकम जनकपुरका स्थानीय युवाहरूले विथोलिएका हुन । उक्त कार्यक्रम शुरुवात हुनु पूर्व नै स्थानिय एक दर्जन जति युवाहरू पुगी सो कार्यक्रम नौटंकी मात्र हो भनि विरोध गरेका थिए।

 गत कार्तिक ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नीति आयोगका उपाध्यक्षसमेत रहेका डा. हरिवंश झा संयोजक रहनेगरी तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा मोहनलाल चौधरी र रामप्रवेश बैठा सदस्य रहेका छन् ।

स्थानीय सुशील कर्णले भने, ‘ जनतासँग प्रत्यक्ष संवाद नगरी, बन्द कोठामा सुझाव संकलन गर्ने कुराको विरोध गर्दै सो  कार्यक्रममा विरोध गरेका छन।’ विरोध गर्ने मध्येका सरोज मिश्र भन्छन, ‘ संविधानको मस्यौदा पनि यसै शैलीमा गरिएको थियो, त्यसै शैलीलाई दोहोर्याइको हो ।’

विरोध गर्नेहरुमा किशन मण्डल , रोशन साह लगायतका युवाहरु रहेका थिए। मधेस आन्दोलन गर्नेलाई कार्य्रकमबाट बंचित राखिनुको कारण समेत सोध्दै युवाहरू त्यहाँ उभेर विरोध शुरूवात गरेका थिए।सो  कार्यक्रममा एमाले, नेपाली कांग्रेस र मधेसिवादी नेताहरु समेतको  उपस्थित रहेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ