arrow

अफगानिस्तानमा १५ तालिवान मारिए

logo
प्रकाशित २०७२ फागुन २३ आइतबार
afgan.jpg.jpeg
काबुल । अफगानिस्तानमा तालिवान सशस्त्र विद्रोहीबिरुद्ध अफगान सैनिक र प्रहरीले संयुक्तरुपमा गरेको कारबाहीमा परी कम्तीमा पनि १५ तालिवान लडाकू मारिएका छन् । अफगान गृह मन्त्रालयद्धारा आइतबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिएको छ । सन् २०१४ को अन्त्यबाट नेटो सेनाले अफगानिस्तानमा जारी तालिवानसँगको द्वन्द्वमा रणभूमिमा गएर युद्ध नगर्ने निर्णय गरे अफगान सुरक्षाबलले नै तालिवान विरुद्ध कारबाही गर्दै आएको छ । 
 
अफगानिस्तानको विभिन्न प्रान्तमा जारी कारबाहीको क्रममा ती आतङ्ककारीहरु मारिएका बताइएको छ । यस कारबाहीको क्रम सरकारबलतर्फ कुनै हताहतीको समाचार भने नभएको जनाइएको छ । सुरक्षाबलले यस कारबाहीको क्रममा भारी मात्रामा हताहतियारसमेत बरामद गरेको बताइएको छ । 
 
अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भएपछि पनि हिंसा रोकिएको छैन पछिल्लो समयमा अफगान सैनिक र सर्वसाधारण नागरिकमाथि नै आक्रमणका घटनामा वृद्धि भएको बताइन्छ । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ