arrow

विश्व टेनिसका अहिलेसम्मका उत्कृष्ट खेलाडीहरु

logo
प्रकाशित २०७५ माघ ५ शनिबार
tennis-game.jpg

काठमाडौं। विश्वभर धेरै प्रकारका खेलहरु खेलिन्छ। जसमध्ये धेरैको रुचि हुने खेलमध्ये टेनिस पनि एक हो। टेनिसमा अहिलेसम्मका उत्कृष्ट खेलाडीहरु यहाँ उल्लेख गरिएको छ – 

१. रोजर फेडेरर 
स्वीट्जरल्याण्डका खेलाडी रोजर फेडेरर टेनिस इतिहासकै उत्कृष्ट खेलाडी हुन् । उनले अहिलेसम्म ११ करोड ७० लाख डलरको पुरस्कार जितेका छन्। उनले आफ्नो खेल जीवनमा ९८ उपाधिहरु जितेका छन्। साथै उनले २० ओटा ग्राण्ड स्लामको उपाधि जितेका छन्। 

२. राफेल नाडाल 
स्पेनी खेलाडी राफेल नाडान पनि टेनिस इतिहासकै उत्कृष्ट खेलाडीमध्येक हुन्। उनले अहिलेसम्म १० करोड ५ लाख डलरभन्दा बढीको पुरस्कार पाएका छन्। उनले आफ्नो खेल जीवनमा ७९ उपाधि जितेका छन्। साथै उनले १७ ओटा ग्रान्ड स्लाम सिंगलको उपाधि जितेका छन्। 

३. नोभाक जोकोभिच 
सर्वियाका यी खेलाडी टेनिसका निकै लोकप्रिय खेलाडी हुन्। उनले अहिलेसम्म ११ करोड १९ लाख डलरको पुरस्कार जितेका छन्। खेल जीवनमा उनको नाममा ७१ उपाधि रहेको छ। उनले १४ ग्राण्ड स्लामको उपाधि जितेका छन्। 

४. रोड लेभर 
अमेरिकी खेलाडी रोड रोभर पनि टेनिसका एक उत्कृष्ट खेलाडी हुन्। उनले आफ्नो खेल जीवनमा १५ लाख ६५ हजार डलरको पुरस्कार जितेका  थिए। उनले सन् १९६२ देखि १९७९सम्म अन्तर्राष्ट्रिय टेनिसमा सहभागिता जनाएका थिए। जसमा उनले २ सय उपाधि जितेका थिए। उनले ११ ग्रान्ड स्लामको उपाधि पनि जितेका थिए। 

५. पेट साम्प्रास
अमेरिकी खेलाडीले सन् १९८८ मा अन्तर्राष्ट्रिय खेल जीवनको सुरुवात गरेका थिए। सन् २००२ मा अवकाश लिएका थिए। खेल जीवनमा उनले ४ करोड ३२ लाख डलरको पुरस्कार पाएका थिए। ६४ खेल उपाधि जितेका उनले १४ ग्राण्ड स्लामको उपाधि जितेका थिए। 

६. जोर्न बर्ग 
स्वीडेनका यी खेलाडीले सन् १९७३ मा अन्तर्राष्ट्रिय टेनिसमा डेब्यु गरेका थिए। सन् १९८३ मा सन्यास लिनुअघि उनले ३६ लाख ६५ हजार डलरको पुरस्कार पाएका थिए। समग्र जीवनकालमा उनले १ सय १ ओटा उपाधि हासिल गरेका थिए। जसमा उनले ११ ग्राण्ड स्लामको उपाधि जितेका थिए।

७. इभान लन्डी
चेकोस्लोभाकियाका यी खोलाडीले सन् १९७८ देखि १९९४ सम्म अन्तर्राष्ट्रिय टेनिस खेलेका थिए। जसमा उनले २ करोड १२ लाख डलरको पुरस्कार पाएका थिए। उनको समग्र करियरको उपाधिसंख्या १४४ थियो। उनले ८ ग्राण्ड स्लाम उपाधि जितेका थिए। 

८. जिम्मी कोन्नोर्स
क्यानडाका यी खेलाडीले सन् १९७२ देखि १९९६ सम्म अन्तर्राष्ट्रिय टेनिसमा सहभागिता जनाएका थिए। उनले आफ्नो करियरमा ८६ लाख ४१ हजार डलर पुरस्कार जितेका थिए। साथै उनले १४७ करियर उपाधि जितेका थिए। साथै ८ ग्राण्ड स्लाम उपाधि जितेका थिए।

९. जोन म्यकिन्रोए
यी अमेरिकी खेलाडीले सन् १९७८ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए। १९९२  मा सन्यास लिएका उनले समग्र करियरमा १ करोड २५ लाख डलरको पुरस्कार जितेका थिए। उनले १ सय ५ करियरको उपाधि जितेका थिए। जसमा ७ पटक ग्राण्ड स्लाम उपाधि पनि जितेका थिए। 

१०. एन्ड्रे एगासी 
अमेरिकी यी खेलाडी सन् १९८६ मा डेब्यु गरी २००६ मा सन्यास लिएका थिए। उनले आफ्नो करियरमा ३ करोड ११ लाख डलरको पुरस्कार पाएका थिए। ६१ करियरको उपाधि जितेका उनले ८ ग्राण्ड स्लामको उपाधि जितेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ