arrow

पाइपलाइनमा भएको विष्फोटमा परी २० को मृत्यु 

logo
एजेन्सी
प्रकाशित २०७५ माघ ५ शनिबार
Pipeline-Blast.jpg

काठमाडौं । मेक्सिकोको एक पाइपलाइनमा भएको विष्फोटमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । विष्फोटमा थप ६० जना मानिसहरु घाइते भएका छन् । स्थानीय मानिसहरुले बाल्टीमा पेट्रोलियम पदार्थ संकलन गरिरहेको अवस्थामा यो घटना भएको हो । 

अवैधरुपमा तेलको चोरी गर्ने क्रममा मेक्सिको सिटीबाट १ सय किलोमिटर उत्तरमा रहेको हिडाल्डो प्रान्तको एक गाउँमा यो घटना घटेको हो । 

अधिकारीहरुले अहिले घाइतेको उपचार पहिलो प्राथमिकतामा रहेको बताएका छन् । मानिसहरुले बाल्टी, क्यान तथा अन्य भाँडोमा पेट्रोलियम पदार्थ संकलन गरिरहेको सार्वजनिक भएको भिडियोमा देखिएको छ । 

मेक्सिकोका राष्ट्रपति म्यानुअल लोपेजले तेल चोरीविरुद्ध कडा कदम चालिने बताउँदै पीडितलाई राहत प्रदान गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् । 

मेक्सिकोमा पहिलोपटक यस किसिमको घटना घटेको भने होइन । यसअघि सन् २०१० मा तेल चोरीको क्रममा भएको विष्फोटमा परी २८ जना मानिसहरुले ज्यान गुमाएका थिए । जसमा १३ जना बालबालिका थिए । 

शुक्रबार भएको विष्फोटको कारण ५ हजार स्थानीयहरु प्रभावित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ