arrow

मेक्सिको सीमाबारे महत्वपूर्ण घोषणा गर्दै ट्रम्प 

logo
एजेन्सी
प्रकाशित २०७५ माघ ५ शनिबार
donald-trump.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार मेक्सिकोबारे महत्वपूर्ण घोषणा गर्नसक्ने बताइएको छ । संघीय सरकारमा लामो समयदेखि जारी रहेको आंशिक कामकाज बन्द र सीमामा मानवीय अवस्थाबारे ट्रम्पले महत्वपूर्ण घोषणा गर्न लागेका हुन् ।
 
मेक्सिकोको सीमामा पर्खाल बनाउने विषयमा कुरा नमिल्दा अमेरिकाको आशिंक बन्द अहिलेसम्मकै लामो बन्न पुगेको छ । अझै पनि यो विषयमा सहमति जुट्ने सम्भावना निकै कम रहेको देखिएसँगै ट्रम्प यसबारे महत्वपूर्ण घोषणा गर्ने पक्षमा देखिएका हुन् ।
 
यस विषयमा अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने यस विषयमा कुनै जानकारी दिएको छैन । अमेरिकाको आंशिक बन्दको कारण अधिकांश कर्मचारीहरु बिदामा छन् भने बाँकी कर्मचारीहरु विना कुनै तलब काम गरिरहेका छन् । 

अमेरिकाको संसदमा डेमोक्रेटिकको बहुमत छ र उनीहरु पर्खालको लागि आवश्यक ५ अर्ब ७० करोड डलर दिन अस्वीकार गरिरहेका छन् । ट्रम्पले आफ्नो निर्वाचन प्रचारको क्रममा अवैध आप्रवासी रोक्नका लागि पर्खाल लगाउने वाचा गरेका थिए ।
 
शुक्रबार एक ट्वीट गर्दै ट्रम्पले शनिबार आशिंक बन्द र मेक्सिकोको सीमाबारे महत्वपूर्ण निर्णयको घोषणा गर्ने बताएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ