बलिदानी दिवसकै दिन राजपाको विद्यार्थी संघका जनकपुर नगर उपसभापति सहित दर्जनौं नेविसंघमा प्रवेश
राजन कुमार सिंह।
प्रकाशित २०७५ माघ ५ शनिबार
499
Shares
जनकपुर । राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उपसभापति सहित दर्जनौं संख्यामा नेविसंघमा प्रवेश गरेका छन्।
बदिलानी दिवसकै दिन शनिवार राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उपसभापति नितेष झाको नेतृत्वमा सहसचिव प्रभाष राय, संजय साह, शैलेन्द्र निवारी, विवेक झा, जितेन्द्र मंडल सहितका दर्जनौं व्यक्ति नेविसंघमा प्रवेश गरेको हुन्।
नवप्रवेशीहरुलाई नेपाली कांग्रेस प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादवले अविर माला लगाएर स्वागत गरेका थिए।
नेपाली कांग्रेस धनुषा पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादवले मधेशको मुद्दा कांग्रेस प्राथमिकताका साथ अगाडि बढाएको बताए। उनले कथित मधेशवादी भनाउन रुचाउने राजपा र फोरमको भविष्य राम्रो नभएको बताएका छन्।
मधेशको विकासको सवालमा कांग्रेस प्रदेशमा समेत सबभन्दा अगाडि पाईला अगाडि चालेको र मधेश र मधेशीको हित हुने कार्यका लागि आफु समेत अग्रसर रहेको यादवले बताए।
नेबिसंघका सुजित कुमार मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरी, युवा नेता प्रफुल्ल राज घिमिरे, क्षेत्रिय सभापति कन्हैया कर्ण, नगरसभापति मनोज साह, पुर्व जिल्ला सचिव राज किशोर सिंह, महिला नेतृ सम्झना वर्मा, नवनित झा सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो।