arrow

भारतमा मोदी आएपछि चुलियो ऋण

logo
एजेन्सी
प्रकाशित २०७५ माघ ५ शनिबार
modi-new-pic.jpg.jpeg

काठमाडौं । भारतमा नरेन्द्र मोदी आएपछि मुलुकको ऋण करिब ५० प्रतिशतले बढेको छ । आर्थिक सुधारका विभिन्न किसिमका योजना ल्याएको भए पनि मोदीको सरकारमा भारतको ऋण चुलिएको हो । 

भारतको अर्थमन्त्रालयले दिएको जानकारीअनुसार सन् २०१८ को सेप्टेम्बरसम्मा भारतको ऋण ८ सय २० खर्ब भारु पुगेको थियो । 
शुक्रवार सार्वजनिक भएको तथ्यांकअनुसार सन् २०१४ को जुन महिनासम्ममा भारतको ऋण ५ सय ४९ खर्ब भारु थियो । 

भारतको सार्वजनिक ऋण मोदीको कार्यक्रममा ४ सय ८० खर्ब बाट बढेर ७ सय ३० खर्ब भारु पुगेको छ । सो अवधिमा आन्तरिक ऋण पनि ५४ प्रतिशतले बढ्दै ६ सय ८० खर्ब भारुमा पुगेको छ । 

भारतले शुक्रवार भारतको समग्र ऋणको अवस्थाबारे जानकारी भएको तथ्यांक सार्वजनिक गरेको हो । 

अर्थमन्त्रालयले पछिल्लो समय भारतको ऋण घट्दो क्रममा रहेको बताएको छ । यो सूचकअनुसार भारतको ऋण जोखिमपूर्ण अवस्थामा भने नरहेको बताइएको छ । 

पछिल्लो समय भारतीय प्रधानमन्त्री मोदी आगामी निर्वाचनमा जित हासिल गर्न महत्वपूर्ण आर्थिक योजना अघि सारिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ