- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा चेल्सीको संघर्ष जारी छ । शनिबार रातिको खेलमा चेल्सीले आर्सनल सामु घुँडा टेकेको छ । आर्सनलको मैदानमा भएको खेलमा आर्सनल २–० ले विजयी भयो ।
१४ औं मिनेटमा एलेक्जेन्दर लाकाजेट्टेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।
३९ औं मिनेटमा लाउरेन्ट कोस्सेन्लीले गोल गर्दै अग्रता दोब्बर गरे । चेल्सीले गोल फर्काउने जाँगर नगर्दा हार्न पुग्यो ।
यो हारले २३ खेलबाट ४७ अंकको चेल्सीको उपाधि होड निकै टाढिएको छ ।
आर्सनलको ४४ अंक छ र पाँचौं स्थानमा छ । चेल्सीले यो खेल जितेको भए टोटनह्यामभन्दा अगाडि हुने थियो र दोस्रो स्थानको म्यान्चेस्टर सिटीसंग अंक दूरी कम गर्ने थियो ।