लिभरपुलको संघर्षपूर्ण जित, के के भयो शनिबार प्रिमियर लिगमा
प्रकाशित २०७५ माघ ६ आइतबार
256
Shares
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुलको शिर्ष स्थान कायमै छ । लिभरपुलले शनिबार रातिको खेलमा क्रिष्टल प्यालेससंग ४–३ को संघर्षपूर्ण जित हासिल गर्यो ।
घरेलु मैदानमा १–० ले पछि परेको लिभरपुलले १० जनामा समेटिनु परेपछि गोल खान पुगेको थियो ।
३४ औं मिनेटमा टाउनसेन्डले क्रिष्टललाई गोल दिलाए । मध्यान्तरसम्म १–० ले पछि परेको लिभरपुललाई मध्यान्तरपछि मोहम्मद सलाहले २ गोल गरे । रोबर्टो फमिृन्हो र सादियो मानेले १–१ गोल गरे ।
८९ औं मिनेटमा जेम्स मिल्नरले दोहोरो पहेंलो कार्ड खाएपछि लिभरपुल १० खेलाडीमा समेटियो । क्रिस्टलका जेम्स टम्किन्स र अन्तिम समयमा म्याक्स मेयरले गोल गरेका थिए ।
अंकतालिका
२३ खेलबाट लिभरपुल ६० अंकसहित पहिलो
२२ खेलबाट म्यान्चेस्टर सिटी ५३ अंकसहित दोस्रो
२२ खेलबाट टोटनह्याम ४८ अंकसहित तेस्रो
२३ खेलबाट चेल्सी ४७ अंकसहित चौथो
२३ खेलबाट आर्सनल ४४ अंकसहित पाँचौं
२३ खेलबाट म्यान्चेस्टर युनाइटेड ४४ अंकसहित छैटौं
२३ खेलबाट वाटफोर्ड ३३ अंकसहित सातौं