arrow

डुंगा दुर्घटनामा कम्तीमा १७० जनाको मृत्यु

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
migrants.jpg

काठमाडौं । भूमध्यसागरमा आप्रवासी सवार डुंगा डुब्दा कम्तीमा १७० जनाको ज्यान गएको छ । दुई वटा डुंगा दुर्घटना भएका हुन् । 

लिवियाको तटीय क्षेत्रमा आप्रवासी सवार एउटा डुंगा डुब्दा ११७ जनाको मृत्यु भएको हो भने अल्बेरियन समुद्री क्षेत्रमा भएको अर्को डुंगा दुर्घटनामा ५३ जनाको मृत्यु भएको हो ।

आप्रवासी सवार डुंगा दुर्घटनाबारे इटालियन सुरक्षाकर्मीले जानकारी दिएपछि मोरक्को र स्पेनका अधिकारीहरुले डुंगाको खोजी गरिरहेका छन् । 

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग युएनएचसीआरले मृतकको संख्या १७० बताएको छ ।  

कस्तो छ दुर्घटना तथ्यांक 
आप्रवासी शरणार्थीहरु अघिल्लो वर्ष निकै मरेका छन् । युएनएचसीआरका अनुसार सन् २०१८ मा मात्रै भूमध्यसागर पार गर्ने प्रयास गर्दा २ हजार २ सयभन्दा बढी आप्रवासीले ज्यान गुमाएका छन् । 

विशेष गरी लिविया हुँदै अवैधानिक रुपमा युरोप प्रवेश गर्न खोज्नेहरु डुंगा दुर्घटनामा पर्ने गरेका छन् । 

इटाली लगायतका युरोपेली मुलुकले आप्रवासी प्रवेशमा कडाइ गरेसँगै अवैध रुपमा त्यहाँ पुग्न खोज्नेहरु बढ्दै गएका छन् ।

यसमा युएनएचसीआरले पनि केही गर्न सकेको छैन ।  

सन् २०१९ मा ४२०० शरणार्थी युरोप छिरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ