arrow

पिएसजीको कीर्तिमानी जितमा एमबाप्पे र काभानीको ह्याट्रिक, नेयमारको दुई गोल 

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
psg3.jpg

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा लिग लिडर पेरिस सेन्ट–जर्मेन पिएसजीले कीर्तिमानी जित निकालेको छ । पिएसजीले लिग वानमा अहिलेसम्मकै फराकिलो जित निकालेको हो । 

Neymar scores the first of the afternoon after taking down Dani Alves' diagonal into the box 

लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले गुइग्याम्पलाई ९–० ले हरायो । फराकिलो जित दिलाउने क्रममा किलियन एम्बाप्पे र एडिसन काभानीले ह्याट्रिक गरेका छन् । 

Kylian Mbappe celebrates after completing his hat-trick during a ruthless display for PSG

Edinson Cavani watches the ball into the back of the net after nodding home for the hosts 

त्यस्तै नेयमारले २ गोल र थोमस म्युनियरले १ गोल गरे।

Neymar celebrates his opening goal for Thomas Tuchel's side at the Parc des Princes

घरेलु मैदानमा खेल अवधिभर ६८ प्रतिशत बल आफ्नो कब्जामा राखेको पिएसजीले ११ औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो । मध्यान्तरसम्म ३–० को अग्रता लिएको पिएसजीले मध्यान्तरपछि ६ गोल गरेको थियो । 

Uruguyan striker Cavani celebrates his hat-trick after tapping home his side's seventh

यो खेलसँगै पिएसजी फ्रेन्च लिगको १९ खेलमा अपराजित छ। १७ जित र २ बराबरीसँगै शिर्षस्थानमा रहेको पिएसजीको ५३ अंक छ। २१ खेल खेलेको दोस्रो स्थानको लिलेको मात्र ४० अंक छ । 

Mbappe celebrates with one of his team-mates during a convincing win for the Ligue 1 leaders



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ