arrow

महिलाले आइसक्रिम चाटेर खानु भद्दा 

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
ice-cream1.jpg

काठमाडौं । विवाद पनि अचम्मकै रोग हो । यस्तै विवाद भएको छ आइसक्रिम चाटेर खाएको प्रसंग । घटना हो टर्कीको इस्तानबुलको ।

इस्तानबुलको नगरपालिका यही विषयलाई लिएर विवादमा तानिएको छ । महिलाले आइसक्रिम खाँदा चाटेर खान नहुने बताइएपछि एकाएक विवाद चुलिएको हो । 

सामाजिक संजालमा अहिले यो नियमलाई लिएर खास बहस चलिरहेको छ । यसलाई महिलाहरुले स्वतन्त्रतामाथि हमला बोलिएको भन्न थालिसकेका छन् ।

अचम्म त के भने इस्तानबुलको बागसिलर नगरपालिकाले महिलालाई यस्तै शैलीे सिकाउनका लागि दुई महिनाको कोर्स नै सुरु गरेको छ । 

लेक्चर दिएरै युवतीहरुले सार्वजनिक स्थानमा कस्तो किसिमको हाउभाग अपनाउने भनी सिकाइने छ । 

नगरपालिकाले इस्तानबुलका महिलामा सम्भ महिलाको पारंपरिक लोकाचार आउनु जरुरी छ भनेको छ । महिलाले विनम्र हुनुजस्ता किचनमा काम गर्ने जस्तो विषय कोर्समा सिकाइने छ । 

२१ औं शताब्दीमा आएर महिलालाई पूरा मुख खोलेर कुराकानी गर्न नहुने पनि बताइएको छ । 

यो विषयले सामाजिक संजाल आरोप–प्रत्यारोपले भरिएको छ । कसैले भनेका छन् –‘महिलाले आइसक्रिम चाटेकै हेर्न कोही लालायित हुन्छन् ।’ 

कसैले त ‘आइसक्रिम चाटेरै खाने चिज हो कसैले सिकाउनु जरुरी छैन’ पनि भनेका छन् । 

आक्रोशित कोहीले त ‘आइसक्रिम चाटेर नखाए एकैपटक मुखमा झोस्ने हो र ?’ भनेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ