arrow

भारतमा अफाप गठबन्धन सरकारको इतिहास 

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
india-flag.jpeg

काठमाडौं । भारतमा गठनबन्धन सरकार अफाप सिद्ध भएको छ । सन् ७० को दशकदेखि सुरु भएको गठबन्धन राजनीतिको संस्कारले अहिलेसम्म मूर्त रुप लिन पाएको छैन । अहिलेसम्म भएका मुख्य गरी चार गठबन्धनले पाँच वर्ष सरकार टिकाउन सकेनन् ।  

केवल दुई गठबन्धनले मात्र पाँच वर्षको कार्यकाल पूरा गर्न सकेका छन् । सन् १९७० देखि सुरु भएको यो राजनीतिमा सन् १९९९ सम्म त एउटा पनि गठबन्धनले पाँच वर्ष पूरा गर्न सकेन । 

यसअघि २२ सालमा चार ठूलाठूला गठबन्धन भए पनि कुनैले पाँच वर्षे कार्यकाल पूरा गर्न सकेनन् । 

एनडीए, भाजपा, एनडीए, काँग्रेसको नेतृत्वको युपीएले नेतृत्व गरेका थिए । दुई पटक पाँच वर्षे कार्यकाल सफल भयो । 

यस्तो छ इतिहास 
सन् १९७७, जनता गठबन्धन 

सन् १९७७ मा देशमा आपतकालपछि चुनाव भयो । इन्दिरा गान्धी र काँग्रेसको विरुद्धमा जनता पार्टीले १० बढी दलहरुसंग मिलेर गठबन्धन बनायो । 

नाम थियो जनता गठबन्धन । यो गठबन्धनमा ८ दलका ३४३ सिट थिए । गठबन्धनले पहिलो पटक गैर काँग्रेसी सरकार बनाएको थियो । 

गठबन्धनको नेतृत्व मोरारजी देसाईले गरेका थिए । तर सरकार २ वर्ष १२८ दिनमात्र टिक्यो । 

सन् १९८९, नेशनल फ्रन्ट
सन् १९८९ मा चुनाव पूर्व ७ दलले नेशनल फ्रन्ट बनाए । यो गठबन्धनले १४३ सिट तथा काँग्रेसले १९७ सिट जिते । 

भाजपा र लेफ्ट फ्रन्टको सहयोगमा फ्रन्टले सरकार बनायो । वीपी सिंह प्रधानमन्त्री बने । यो सरकार केवल ३४३ दिनमात्र टिक्न सक्यो । 

यसपछि समाजवादी जनता पार्टीका नेता चन्द्रशेखर सिंह प्रधानमन्त्री बने । यो सरकार पनि केवल २४३ दिनमात्र टिक्यो । 

सन् १९९६, युनाइटेड फ्रन्ट
सन् १९९६ मा १३ दलको युनाइटेड फ्रन्ट गठबन्धन बन्यो । गठबन्धनलाई ४६ सिट मात्र मिल्यो । चुनावपछि थुप्रै दल सामेल भए । १९२ सिट वाला सांसदहरु थपिए । 

काँग्रेसको समर्थनमा जनता दलका एचडी देवेगौडा प्रधानमन्त्री बने । तर सरकार केवल ३२४ दिन टिक्न सक्यो । 

फेरि जनता दलका आइके गुजराल १२ औं प्रधानमन्त्री बने । उनी पनि ३३२ दिनमात्र टिक्न सके । 

सन् १९९८, एनडीए
सन् १९९८ मा १२ औं लोकसभाको निर्वाचन भयो । भाजपा नेतृत्वमा १३ दलको गठबन्धन बन्यो । २५८ सिट जितेर ठूलो गठबन्धन बन्यो । 

एआइएडीएमको सहयोगमा एनडीएका तर्फबाट अटल बिहारी बाजपेयी प्रधानमन्त्री बने । तर ४०९ दिन मात्र यो सरकार चल्न सक्यो । त्यसपछि आम चुनाव भयो । (भारतीय संचारमाध्यमको सहयोगमा)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ