सयभन्दा माथिका भारु नोट बोक्न समेत प्रतिबन्ध, राष्ट्रबैंकको आयो यस्तो परिपत्र
प्रकाशित २०७५ माघ ६ आइतबार
649
Shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० भन्दा माथिका नोटहरु कारोबार र ओसार पसारमा समेत प्रतिबन्ध लगाएको छ । आईतबार जारी गरेको एक परिपत्रमा भारतीय रुपैयाँ २००, ५०० र २००० को नोटको कारोबार, ओसारपसार र साथमा राख्न समेत नपाउने व्यवस्था गरेको हो ।
भारतीय रिजर्भ बैंकले नेपाल राष्ट्र बैंकसँग १०० भन्दा माथिका नोटहरु सटही नगर्ने निर्णय गरेपछि मंसिर २४ गते बसेको मन्त्रिपरिषद बैठकले २ सय, ५ सय र २ हजार दरका भारतीय नोटको कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
त्यसयता पनि राष्ट्र बैंकले भारतीय रिजर्भ बैंकसँग पटक पटक यस विषयमा छलफल गरेको भएपनि आरविआईले त्यो प्रतिबन्ध नहटाएपछि नेपाल राष्ट्र बैंकले पनि विहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरि यस्तो ठूला नोटका भारु प्रतिबन्ध लगाउन भनेको हो ।
राष्ट्र बैंकको विदेशी विनिमय विभागका प्रमुख भिष्मराज ढुंगानाले जारी गरेको परिपत्रमा एकीकृत इ।प्रा। परिपत्र १र२०७४ को बुँदा १।१ अन्तर्गत १।११।६ को खण्ड क संशोधन गरी त्यस्तो व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको जनाएको हो । सो नियम अनुसार २००, ५०० र २००० दरका नोटहरु नेपालमा अवैध हुने ठहर गरेको हो ।