arrow

महायज्ञमा करिब १८ लाख संकलन, आइतबार ५ लाख दान

logo
प्रकाशित २०७५ माघ ६ आइतबार

घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा विहीवारदेखी घोराहीमा सुरु भएको महायज्ञको चौथो दिन आईतवार साढे ५ लाख दान संकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधीक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ को चौथो दिनसम्म करिब १८ लाख दान संकलन भएको छ । आईतवारसम्म १७ लाख ८९ हजार ९ सय ५१ रुपैयाद दान संकलन भएको छ । जसमध्य चौथो दिन आईतवार ५ लाख ४३ हजार ३ सय ४५ रुपैया दान संकलन भएको आर्थिक समितिले जानकारी दिएको छ ।  

महायज्ञमा आईतवार घोराही उपमहानगरपालिका वडा नम्बर १३ को गिरी परिवारले सबैभन्दा धेरै २ लाख ५१ हजार १ सय ५१ रुपैया नगद दान गरेको छ । स्वर्गीय आमा मानकुमारी गिरीको स्मृतिमा छोराहरु दामोदर गिरी, रुद्रमणी गिरी, बुहारी विष्णु गिरी, नाति सन्दीप गिरी, नातिनी सपना गिरीले आईतवार सो रकम दान गरेको आर्थिक समितिका सदस्य केशव गिरीले जानकारी दिए ।  

महायज्ञको चौथो दिन घोराही १५ का अनिलकुमार न्यौपानेले १ लाख १ सय ११, घोराही १५ का ओमभक्त डाँगीले २५ हजार ५ सय ५, घोराही १५ का शंकर गौतम र निर्मला गौतमले २५ हजार ५ सय २५, घोराही १४ का शंकरसिंह थापाले १५ हजार नगद दान गरेका छन् ।

यस्तै घोराही १५ का हरिवंश दाहाल र विन्दु दाहालले ११ हजार १ सय ११, बराहक्षेत्र टोल विकास संस्था घोराही १३ ले ११ हजार १ सय ११, घोराही १५ का विरसिंह डाँगीले १० हजार ५५, गढिटाकुरा देवी महिला बचत तथा ऋण सहकारी संस्था घोराही १२ ले १० हजार ५ सय ५, घोराही १३ का चन्द्रबहादुर केसीले १० हजार १ सय ५५, घोराही १२ का सेतुरा मभारतिले ८ हजार ४ सय ८४ रुपैया दान गरेका छन् ।

महायज्ञमा आईतवारको प्रमुख अतिथि नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगी रहेका थिए । महायज्ञमा हालसम्मकै सर्वाधिक सामुदायिक महिला सेवा केन्द्रले ३ लाख ५५ हजार ५ सय ५५ रुपैया दान गरेको आर्थिक समितिका संयोजक भूपाल गिरीले जानकारी दिए।

महायज्ञको मुख्य वाचकमा बालयोगेश्वर महाराज रहेका छन् । महायज्ञमा दैनिक धार्मीक कार्यहरु हुने गरेको छ । महायज्ञमा संगीतमय कथा प्रवचन तथा झाँकी पर्दशन र धार्मीक नाटक हेर्न र सुन्नकालागी भक्तजनहरुको बाक्लो उपस्थिति रहने गरेको छ । विद्यालयको उद्धेश्यप्राप्तीकालागी महायज्ञमा सक्दो सहयोग गर्न महायज्ञका निर्देशक प्रा.डा.अर्जुनकुमार बुढाथोकीले सम्पूर्णमा अनुरोध गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ