arrow

नेपाल आउने भारतीयलाई नयाँ शर्त, दूतावासको सर्टिफिकेट स्वीकार्य नहुने

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
MOHA_India.jpg

काठमाडौं । भारत सरकारले नेपाल र भुटानमा जाने भारतीय नागरिकहरुको लागि नयाँ शर्त लागू गरेको छ । थप विकल्पसँगै भारत सरकारले आधार कार्डलाई समेत प्रयोग गर्न सक्ने व्यवस्थता समेत गरेको भारतीय गृहमन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ । भारत सरकारले १५ साल भन्दा साना र ६५ वर्ष भन्दा माथिका नागरिकहरुको लागि मात्रै लागू हुनेगरी आधार कार्डले पनि बैधानिक यात्रा गर्न सक्ने व्यवस्था गरेको हो । दुई देशमा जानको लागि भिजाको आवश्यकता नपर्ने गी देशहरुमा बैधानिक यात्राको लागि भारत सरकारद्वारा जारी गरिएको पासपोर्ट लगायतका कुनैपनि सरकारी कार्डको आवश्यकता पर्ने गरेको थियो । 

विज्ञप्तिमा भनिएको छ कि नेपाल र भुटान जाने भारतीयहरुसँग बैधानिक पासपोर्ट र एक फोटो सहितको कुनै सरकारी परिचयपत्र वा निर्वाचन कार्डले नै काम गर्दछ । भिजाको आवश्यकता पर्दैन । 

अहिलेसम्म के थियो नियम ?
आजसम्म कुनैपनि १५ वर्ष भन्दा मुनीका र ६५ वर्ष माथिका नागरिकहरुले पनि यी दुई देशमा बैधानिक यात्रा गर्नको लागि आफ्नो प्यान कार्ड, ड्राईभिङ लाईसेन्स, केन्द्र सरकार स्वास्थ्य सेवा कार्ड वा राशन कार्ड देखाउनु पर्ने बाध्यता थियो । गृह मन्त्रालयका अनुसार यही सूचीमा अब आधार कार्ड पनि थपिएको छ । अब ६५ वर्षभन्दा माथिका तथा १५ वर्षभन्दा कम उमेरका मानिस बैध यात्रा गर्न चाहन्छ भने उसलाई आधार कार्ड नै काफी हुन्छ ।

भारतीय दूतावासको रजिस्ट्रेशन सर्टिफिकेट स्वीकार्य नहुने
त्यस्तै, भारतीय गृहमन्त्रालयले दिएको रजिष्ट्रेसन सर्टिफिकेट भारत तथा नेपाल यात्राको लागि आधिकारिक दस्तावेज नहुने घोषणा गरेको छ । यी दुबै देशका नागरिकको लागि भारतीय दूतावास, काठमाण्‍डौंद्वारा जारी रजिस्ट्रेशन सर्टिफिकेट भारत तथा नेपालको बीच यात्राका लागि स्वीकार्य यात्रा दस्तावेज नहुने घोषणा गरेको हो । अब नेपालमा भारतीय दूतावासद्वारा जारी गरिएको आपातकालीन प्रमाणपत्र तथा पहिचान प्रमाणपत्र भारत फर्किनको लागि मात्रै मान्य हुने भनिएको छ । अब १५ देखि १८ वर्ष उमेरका किशोरहरुको लागि विद्यालयको प्राचार्यले परिचय पत्र बनाईदिएपछि मात्रै उनीहरुलाई बैधानिक रुपमा नेपाल भ्रमणको लागि अनुमती दिईन्छ । 

भारतीय आँकडामा नेपालमा ६ लाख भारतीय 
भारतीय विदेश मन्त्रालयको आकडा अनुसार अहिले नेपालमा ६ लाख भारतीयहरु रोजगारीको लागि आएका छन् । अहिले पनि भूटानको यात्रा गर्ने भारतीय नागरिकको लागि ६ महिनाको न्यूनतम वैधताका साथ या भारतीय पासपोर्ट या भारत निर्वाचन आयोगद्वारा जारी मतदाता पहिचान पत्र हुनुपर्छ । भुटानमा लगभग ६० हजार भारतीय नागरिक छन् । जो ज्यादातर पानी विजुली तथा निर्माण उद्योगमा कार्यरत छन् । यसको आलावा सीमावर्ती क्षेत्रमा दैनिक ८ हजारदेखि १० हजार भारतीयहरु आवतजावत गर्दछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ