arrow

गुजरातमा आतङ्कवादी हमलाको त्रासमा कडा सुरक्षा

logo
प्रकाशित २०७२ फागुन २३ आइतबार
gujrat.jpg.jpeg
नयाँ दिल्ली । भारतीय पश्चिमी राज्य गुजरातमा आतङ्कवादी हमला हुनसक्ने भन्दै यसका विरुद्ध सतर्क रहन सूचना जारी गरेको छ । सो राज्यमा आतङ्कवादी हमलाको सूचना प्राप्त भएको भन्दै सो क्षेत्रमा सैनिकले कडा अपरेशन पनि सञ्चालन गरेको बताइएको छ । 
 
सो क्षेत्रमा समुद्रको बाटो भएर कम्तीमा पनि १० जना आतङ्ककारी प्रवेश गरेका र उनीहरुले सो क्षेत्रमा आक्रमणगरी आतङ्क पच्चाउनसक्ने सम्भावनाका आधारमा सो कारबाही गरेको बताइएको छ । समाचार स्रोतका अनुसार सो क्षेत्रमा आतङ्कवादी हमलाका कारण हुनसक्ने क्षतिको अनुमान गरी प्रहरी पनि खटाइएको छ । उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी पनि खटाइएको समाचारमा उल्लेख गरिएको छ । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ